सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या २० पुग्यो
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २०:५८:२६
१५ जेठ, लम्की । सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । नयाँ सङ्क्रमितमध्ये दुई जना कैलाली र एक जना दार्चुलाका छन् । कैलालीको जानकी गाउँपालिका वडा नं ४ कञ्चनपुरका २५ र ३० वर्षीय युवकमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । दुबै जना जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गौलीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुमध्ये एकजना जेठ १ गते र अर्का जेठ ३ गते भारतबाट आएका थिए । त्यस्तै दार्चुलामा पनि एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमितमध्ये दुईजनाको टीकापुर र एकजनाको दार्चुला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्री सुवेदीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो कोरोना सङ्क्रमित चैत १४ गते फेला परेका थिए । धनगढी उपमहानगरपालिका वडा नं ५ का ३४ वर्षीय युवकमा कोरोना देखिएपछि कैलालीमा त्रास बढेको हो । कैलालीमा दुई महिनाको अवधिमा २० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमित पाँचजना उपचारपछि घर फर्किएका छन् ।
सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि स्थानीय तहले सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी कार्य जारी राखेका छन् । “सङ्क्रमितको सम्पर्कमा आएकाको परीक्षण शुरु भएको छ”, जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जितबहादुर चौधरीले भने, “प्रहरीको सहयोगमा सङ्क्रमितसँग जोडिएकाको खोजी भइरहेको छ । उनीहरु सबैलाई सेल्फ क्वारेन्टिनमा बस्न लगाएका छौँ ।” दैनिक रुपमा सङ्क्रमित थपिन थालेपछि जानकीसँग जोडिएका पालिका टीकापुर, जोशीपुर, लम्की चुहामा उच्च सतर्कता अपनाइएको छ ।
स्थानीय पालिकाले भारत तथा अन्य जिल्लाबाट आउनेको उद्धारमा समेत खटेका छन् । “हाम्रो पालिकामा ६०० भन्दा बढी नागरिक क्वारेन्टिनमा राखेका छौँ”, टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने, “१३ वटा विद्यालयमा क्वारेन्टिन स्थापना गरिसक्यौँ, अझै अटेका छैनन् । दैनिक सयौँ नागरिक भित्रिन थालेका छन् ।” सङ्क्रमणबाट बच्न सरकारमात्र नभई नागरिकसमेत सचेत हुनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार