बजेटका कारण विराटनगरका उद्योगी निराश
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार १७:२६:५९
१६ जेठ, विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ लागि प्रस्तुत गरेको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक रहेको प्रतिक्रिया दिएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताए । संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए । उनले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा राहत दिन नसकेकामा असन्तुष्टि व्यक्त गरे ।
उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताए । उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकामा सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार