सीमा नाकामा पुगेका नेपालीहरुको वर्षाले बिजोग
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १८:४१:३९
१८ जेठ, कैलाली । लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती भारतको सुरत, मुम्बई, गुजरात, हरियाणालगायतका शहरबाट पलिया गौरीफन्टा हुँदै नाकामा पुगेका हुन् ।
भारतको मुम्बईबाट पानीमा भिज्दै परिवार बालबच्चासहित नाकामा पुगेका डोटीको बाहुनकाँडाका भोजराज ओझाले भोक, कष्ट, थकानसहित तीन दिनदेखिको लामो दूरीको यात्राबाट बल्ल नेपाल प्रवेश गरेको बताए । उनले भने, “नाका प्रवेश गर्ने क्रममा यहाँ परेकोे पानीले भिजाएर झनै बिजोग बनाएको छ, अझै आफ्नो जन्मथलो पुग्न त कति समय लाग्ने हो कुनै निश्चित छैन ।”
रोजगारीका लागि विद्यालयको पढाइ छाडी सानै उमेरमा भारत पसेका ओझाले वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा थप समस्या भएको दुःखेसो गरे । भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई पानीले भिजाउनुका साथै त्यहाँ पानी जमेर हिलोसमेत भएर झन् अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।
वर्षाकै बीचमा पनि भारतबाट नेपाल प्रवेश गरेकालाई खानपान व्यवस्थापनको काम भने भइरहेको खानपान अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने, “पानी पर्दापर्दै भिज्दै हजारौँ नेपाली नाकामा प्रवेश गरेका छन्, उनीहरुको खानपानको व्यवस्थापन गर्न साह्रै गाह्रो भयो ।”
यही जेठ २ गतेदेखि भारतका विभिन्न शहरबाट आएका नेपालीहरुको उद्धारमा यहाँका विभिन्न सङ्घसंस्था, प्रदेश सरकार, सेवा समितिलगायत जुटेका छन् । कसैले व्यक्तिगतरूपमा पनि सहयोग गरिरहेको पाइएको छ । हालसम्म भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै झण्डै ३० हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाइ छ ।
युएनडीपीद्वारा सहयोग
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ‘युएनडिपी’ले भारतबाट कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिएका नेपालीको सुविधाका लागि नाका नजिकै त्रिपाललगायतको व्यवस्थापनका लागि सहयोग गरेको छ ।
युएनडिपी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि सतिष पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणाकर अवस्थीलाई रु तीन लाख २२ हजार ५०० बराबरका २०० थान त्रिपाल, २० खानेपानी ट्याङ्कीलगायतका सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
“दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिने महिला, बालबालिका तथा वृद्ध सीमा क्षेत्रमा त्रिपालको अभावमा खुला आकाशमुनि घामपानी सहेर बस्न बाध्य छन्”, युएनडिपीका प्र्रतिनिधि पाण्डेले भने, “उनीहरुलाई खुला आकाशमा बस्नुपर्ने बाध्यता नहोस् भन्नका निम्ति सहयोग गरेका हौँ ।” सशस्त्र प्रहरीको सहकार्यमा युएनडिपीले नेपालीको सुविधाका लागि सीमा क्षेत्रमा त्रिपाल निर्माण गरेको बताइएको छ ।
यसैगरी युएनडिपी सुदूरपश्चिम कार्यालयले कञ्चनपुरको महाकाली नगरपालिकाअन्तर्गतका क्वारेन्टिनको व्यवस्थापनका लागि नगरपालिकालाई रु तीन लाख ३० हजार बराबरका सामग्री सहयोग गरेको जनाएको छ । प्रतिनिधि पाण्डेका अनुसार ५० फोल्डिङ बेड डसना, ५० बाल्टिन, ५० तकिया, तन्ना, पानीखाने ड्रम, ७० थान त्रिपाललगायतका अति आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार