सङ्क्रमण फैलँदै गएपछि टेलिफोनबाटै मनोपरामर्श
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १८:१:३८
◊ दुर्गा देवकोटा
१९ जेठ, लम्की । नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ ।
कोरोना महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।
यसरी विदेशमा रहेका नागरिक र उनीहरुका परिवारमा समेत मनोसामाजिक असर देखिन थालेको छ । कोरोनाको महामारीसँगै मनोसामाजिक असर देखा पर्दै गएकाले कैलालीमा सुरक्षित आप्रवासन परियोजना ‘सामी’ले टेलिफोनमार्फत सूचना दिने र परामर्श दिने काम गरिरहेको परियोजना संयोजक पञ्चराम चौधरीले बताए । “विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ”, संयोजक चौधरी भन्छन्, “यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौँ ।”
कैलालीबाट श्रमस्वीकृत लिएर ६० हजार व्यक्ति विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा गएका छन् । श्रम गर्न विदेश गएकाको गन्तव्य मुलुकको पीडा एकातिर छ भने घर फर्किएका नागरिक पनि विभिन्न पक्षबाट समस्यामा परेका छन् । लामो वैदेशिक बसाइपश्चात् फर्किएका नागरिकले गाउँघरमा दुव्र्यवहार, अपहेलनाजस्ता समस्या भोगिरहेको बताउँछन् । जानकी गाउँपालिकाका सेवक चौधरी गत चैत ९ गते मलेशियाबाट नेपाल फर्कीएका हुन् । “एक महिने बिदामा घर फर्किएको थिएँ । घर आएपछि लकडाउन भयो”, चौधरी भन्छन्, “म घरभित्रै सीमित भएको छु । कतै गयो, कसैसँग बोल्यो भने सङ्क्रमित हुनसक्छ भन्दै बोल्नै डराउँछन् । समाजको दुव्र्यवहार सहनै कठिन भएको छ ।”
विदेश तथा बाहिरी जिल्लाबाट फर्किएका अधिकांश घर जान नपाई क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनीहरुमा समेत नकारात्मक विचार उत्पन्न हुने, वितृष्णा पैदा हुने, मनोबल घट्नेजस्ता समस्या आउन थालेको परियोजना संयोजक चौधरी बताउछन । “यस्तो समस्यामा परेकालाई हामीले मनोसामाजिक परार्मश दिने कार्य गर्न थालेका हौँ”, उनले भने । तेस्रो मुलुक तथा भारतबाट फर्केका व्यक्तिलाई समस्या परे परियोजनाले धनगढीको सुरक्षित आप्रवासनमार्फत टेलिफोन परामर्श दिनुका साथै चार जना मनोपरामर्शकर्तालाई आवश्यक पर्ने क्वारेन्टिनमा गएर सेवा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला टेलिफोन सूचना र परामर्श दिँदा प्रभावकारी बन्ने परियोजनाको ठहर छ । परियोजनाले अहिलेसम्म कैलालीमा २१० जनालाई परामर्श दिइसकेको छ ।
सुरक्षित आप्रवासन परियोजना ‘सामी’ नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकासँगको साझेदारीमा स्थानीय सेवा प्रदायक संस्था ट्रेस नेपालले सञ्चालन गरिरहेको हुनाले समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर तथा विदेशस्थित नेपाली जदूतावासमार्फत पहल हुने गरेको उनले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार