नेपालमा रोकिएका २३५ यात्रु बोकेर फर्कियो कोरियन एयर
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १९:३३:३६
१९ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी जारी बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको हाे ।
उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन् । गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो । ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए ।
बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ । विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन् । ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार