गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शनिबार ०:७:५३
२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रालिबीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक उपाध्यायसहित तत्कालीन महाप्रबन्धक सुशील कोइराला, संस्थानकै तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भंसालीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरिएको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
चारै जनाविरुद्व रु २६ लाख १६ हजार १० बिगो असुलउपर माग दाबी गर्दै मुद्दा दायर गरिएको उनले बताए । उनका अनुसार कागज खरिद गर्दा भन्सार महसुस रकम आपूर्तिकर्ता प्रिन्टसेलले ब्यहोर्नुपर्ने सम्झौता भए पनि संस्थानका तत्कालीन महाप्रबन्धक कोइरालालले आफूलाई फाइदा र सम्झौताविपरीत भन्सार छुट गराई संस्थानलाई हानिनोक्सानी पु¥याएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले महाप्रबन्धक उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनीलाई फाइदा र संस्थानलाई हानी हुने गरी वदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई रु २६ लाख १६ हजार १० नोक्सान गरेको ठहर गरेको छ ।
आयोगले निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै उक्त रकम माग दाबीसहित मुद्दा दायर गरेको हो । यस्तै तत्कालीन महाप्रबन्धक कोइरालाले सम्झौता विपरीत संस्थानका तर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रु २६ लाख १६ हजार १० संस्थानलाई हानिनोक्सानी गरी प्रिन्टलेस कम्पनीलाई फाइदा पु¥याएको ठहर गर्दै निवारण ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिम कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
यस्तै संस्थानकै तत्कालीन अर्थनिर्देशक चौधरीले सम्झौता विपरीत सस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाल पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई नोक्सानी पु¥याएको भन्दै मुद्दा दायर गरिएको छ ।
यस्तै प्रिन्टसेल कम्पनीका सञ्चालक भंसालीले सम्झौता विपरीत भन्सार छुटका लागि सिफारिस माग गरी भन्सार छुट गराई सम्झौताबमोजिम सम्पूर्ण रकमसमेत सोही कम्पनीले भुक्तानी लिई कम्पनीलाई लाभ र संस्थानलाई गैरकानूनी हानि पु¥याएको भन्दै ऐन २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम कसुर गरेको ठहर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार