कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित ५८७ पुगे
नेपालबहस संवाददाता
जेठ २४, २०७७ आइतबार ४:३९:५५
२४ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५८७ पुगेको छ । शुक्रबार १०० थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४८९ पुगेको थियो । आज थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
सुर्खेत र प्रतिष्ठान जुम्लामा आरडिटी पिसिआर परीक्षणबाट आज दैलेख दुल्लु नगरपालिकाका– ३, दैलेख महावु गाउँपालिकाको वडा नं १ मा २९ जनासहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका प्रमुख डा तिवारीले बताए। त्यसैगरी डोल्पा जगदुल्ला गाउँपालिकामा एक, जाजरकोट बारेकोट गाउपाँलिकास्थित इलाका प्रहरी कार्यालयका एक जना सुरक्षाकर्मीसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले जनाए ।
उनका अनुसार सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा एक, भेरीगङ्गा नगरपालिकामा चार, गुर्भाकोट नगरपालिकामा एक र पञ्चपुरी नगरपालिकामा तीन जनागरी नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वनगाड कुपिण्डे नगरपालिका सल्यानको १–७ वडाका ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाको आज सार्वजनिक तथ्याङ्कअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका दुई, जाजरकोट बारेकोट गाउँपालिकाका एक र दैलेख महाबु गाउँपालिकाका चार गरी कूल सात महिलामा समेत कोरोना सङ्क्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार