सत्तामा उक्लने राष्ट्रवाद
इन्द्र रिजाल
जेठ २५, २०७७ आइतबार १८:३१:४४
सम्पादकीय
अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनको एउटा भनाई अहिले सम्झनुपर्ने भएको छ । उनी भन्थे– शक्तिमा पुगेपछि मात्रै व्यक्तिको चरित्र र इमानको सही परीक्षण हुन्छ । पदमा पुग्नु अगाडिका बोली र व्यवहार पछाडि कत्तिको पालना हुन्छ त भन्ने उदाहरण अहिलेका प्रधानमन्त्री केपी ओलीलाई हेरे पुग्छ । बोली र व्यवहार पर्गेल्ने भनेकै सत्तामा पुगेपछि हो । यस मामलामा ओली साँच्चै लिंकनको भनाईबाट प्रभावित भएको पाइन्छ । उनको बोली र व्यवहारबीच कहिल्यै तादम्य हुँदैन । त्यसैले गर्दा उनी बोल्ने एउटा गर्ने अर्कै भन्ने नेताको कोटीमा परेका छन् । कुनैबेला उनी लोकतन्त्रको सबैभन्दा ठूला मसिहा बन्ने गर्थे । तर उनको सत्ताकालमा सबैभन्दा धेरै लोकतन्त्रको मुटु मानिने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न भए ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विफल बनाउन शरण काठमाडौं आएको चर्चा हावादारी हो होइन कसैले यकिन गरेको छैन । तर शरण आएको हल्ला चल्नु र गोकुल बाँस्कोटा लैनचौर छिर्नु बाघ कराउनु र बाख्रा हराउनु जस्तै मात्र हो त ? जहाँसम्म ओलीको राष्ट्रवादको कुरा छ, धेरै ठाउँमा स्खलित भइसकेको अनगिन्ती उदाहरण छन् ।
राष्ट्रवादी छवि त उनको सत्ता उक्लने भरपर्दाे भ¥याङ नै भयो । ०७२ सालमा भारतले लगाएको नाकाबन्दीको चर्काे विरोध गरेवापत उनले सत्ताको कमान पाएका छन् । तर उनले सत्तामा पुगेपछि राष्ट्रवादलाई लम्पसारवादमा रुपान्तरण गरिदिए । त्यसको पछिल्लो श्रंखलाका रुपमा नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेपनि संविधान संशोधन प्रक्रियामा लगेर अड्काई दिएका छन् । संसदमा दर्ता गरेको संशोधन प्रस्ताव पारित गर्न छाडेर उनी दूतमार्फत भारतसँग सम्पर्क बढाईरहेका छन् ।संसदमा विचाराधिन संशोधन प्रस्ताव अलपत्र पारेर ओलीले ७० करोड घूस काण्डमा पद गुमाएका गोकुल बाँस्कोटालाई भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गर्न पठाएको समाचार सार्वजनिक भएको छ । यहींनेर ओलीको राष्ट्रवादको धोती खुस्किएको छ ।
संसदमा प्रस्ताव दर्ता गरेपनि सत्ता जोगाउने उपाय खोज्नका लागि उनी भारतकै शरणमा परेको यही घटनाले पनि पुष्टि गरेको छ । बाहिर आवरणमा भारतलाई गाली गर्ने तिर भित्रभित्रै लम्पसार पर्ने ओली प्रवृत्ति अब कसैका अगाडि लुकेको छैन । आम नागरिकले राम्ररी बुझ्न थालेका छन् । भारतलाई गाली गरेको देखाउने ओली आवद्ध पार्टी नेकपा चीनको बढ्दो हस्तक्षेपप्रति गर्व गर्छ । भारतसँग राष्ट्रवादी भएको देखावा गर्ने उनीहरु चीनप्रति भने खुलेआम लहसिएका छन् । मानौं यो उनीहरुको नैसर्गिक हक हो । नेकपा भित्रको विवाद चर्किएका बेला चिनियाँ राजदूतको खुला हस्तक्षेपले ओलीको सत्ता जोगाएको चर्चा नचलेको होइन । त्यसैले राष्ट्रवादको परिभाषा देश अनुसार अलग हुन सक्दैन ।
एमसीसी ओलीका लागि तातो पिंडालु बनेको छ । मुखमा हालिसकेको पिंडालु निल्नु कि ओकल्नु भएको छ । एमसीसी पास गर्ने हदम्याद धेरै छैन । असार १५ भित्र यसको निक्र्याेल गरिसक्नुपर्ने अवस्था छ । यहाँ पनि चीनको चाहनाले अर्थ राखेको छ । एमसीसी पास गर्न हुँदैन भन्ने मत जति बलियो छ नेकपामा त्यसका पछाडि चीनको हात रहेको ठान्ने धेरैछन् । त्यसैले संकटका बेला साथ दिएको चीनलाई रिझाउने की अमेरिकी सहयोग लिएर भारतीय पक्षको चित्त बुझाउने भन्ने द्विविधामा ओली रहेको प्रष्टै छ ।
राष्ट्रवादकै कुरा गर्ने हो भने अहिले लकडाउनका बेला नेपालका लागि भारतका पूर्व राजदूत श्यामशरण प्रकरण चर्चित छ । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विफल बनाउन शरण काठमाडौं आएको चर्चा हावादारी हो होइन कसैले यकिन गरेको छैन । तर शरण आएको हल्ला चल्नु र गोकुल बाँस्कोटा लैनचौर छिर्नु बाघ कराउनु र बाख्रा हराउनु जस्तै मात्र हो त ? जहाँसम्म ओलीको राष्ट्रवादको कुरा छ, धेरै ठाउँमा स्खलित भइसकेको अनगिन्ती उदाहरण छन् ।
ओलीको राष्ट्रवादी छविको असली परीक्षण फेरि हुनेबेला आएको छ । अमेरिकी मिलेनियम च्यालेञ्ज एमसीसी प्रकरणले ओलीको वास्तविकता फेरि पटाक्षेप हुनेछ । एमसीसी ओलीका लागि तातो पिंडालु बनेको छ । मुखमा हालिसकेको पिंडालु निल्नु कि ओकल्नु भएको छ । एमसीसी पास गर्ने हदम्याद धेरै छैन । असार १५ भित्र यसको निक्र्याेल गरिसक्नुपर्ने अवस्था छ । यहाँ पनि चीनको चाहनाले अर्थ राखेको छ । एमसीसी पास गर्न हुँदैन भन्ने मत जति बलियो छ नेकपामा त्यसका पछाडि चीनको हात रहेको ठान्ने धेरैछन् । त्यसैले संकटका बेला साथ दिएको चीनलाई रिझाउने की अमेरिकी सहयोग लिएर भारतीय पक्षको चित्त बुझाउने भन्ने द्विविधामा ओली रहेको प्रष्टै छ ।
कुटनीतिलाई राष्ट्रिय स्वाधिनताको कसीमा राखेर परख गर्नुपर्छ । दुई छिमेकीसँगको कुटनीतिक सम्वन्धको धागो फरक बनाउने प्रवृत्ति नै सबैभन्दा घातक बन्ने गरेको छ । देशैपिच्छे र दलहरु अनुसार, अलग खाले राष्ट्रियता र कुटनीति भयो भने संसारले हेर्ने दृष्टिकोण नकारात्मक हुने गर्छ । यो कसौटीमा ओली सरकार सबैभन्दा कमजोर देखिएको छ । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने ओली प्रवृत्तिले नेपाल र नेपालीको स्वाभिमान गुमेको छ । त्यसैले नेपाल र नेपालीको गौरवगाथा झल्काउने दृढता बोकेको सत्ता हाम्रो आवश्यकता हो, न की नक्कली राष्ट्रवादको डम्फू बजाउने । सत्तामा लामो समय बस्दा ओलीले आफ्नो असली रुप र चरित्र देखाइसकेका छन् । उनको बिदाई र नयाँ नेपालको गन्तव्य पहिल्याउने असली राष्ट्रवादी सोच र प्रवृत्ति आजको आवश्यकता हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टचारमा मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार