स्वतन्त्रता गुमाएको देश “नेपाल”
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २०:२३:५०
शुरेश कुमार पोखरेल, अधिवक्ता/समाजशास्त्री/मानवशास्त्री
कसैले “नेपाल स्वतन्त्र छ” भन्छ भने कि उ “अज्ञानी” हो वा भ्रममा परेर अहिलेसम्म थाङ्गनामा सुतिरहेको छ । नेपाल स्वतन्त्र भएकै छैन । अहिलेसम्म अभ्यास गरेको स्वतन्त्रता केवल देखावटी, भारतको निगाहले पाएको र उसैको नियन्त्रणमा रहेको स्वतन्त्रता हो ।
संयुक्त राष्ट्रसंघको “सदस्य राष्ट्र” हुनु र “स्वतन्त्र राष्ट्र” हुनु पृथक कुरा हुन । नेपाल अहिलेसम्म स्वतन्त्र भएकै छैन । विभिन्न समयमा असमान सन्धिहरुका कारण नेपाल अहिले पनि भारतको अधिनस्थ र नियन्त्रणमा छ । सन १९५० को सन्धि, कोशी, गण्डकी, माहाकाली र सुगौली लगायतका असमान सन्धिहरु जवरदस्त लादिएका मात्र होईन ज्यूँ का त्यूँ रहेका छन् । ति असमान सन्धिहरु परिवर्तन र संशोधन गर्न भारत दशौं बर्षदेखि अनिच्छुक मात्र होईन यो र त्या बहानामा नेपाललाई मुसा झै खेलाई रहेको छ । नेपाल भारतको अधिनस्थ र गुलाम हुनुको यो नै गतिलो उदाहरण हो ।
हामी सन १८१६ देखि अहिलेसम्म भारतको “गुलाम” थियौं र छौं । सुरक्षा र वैदेशिक नीति हरण भएको भुटान भारतको गुलाम देश हो । भुटान जस्तै नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको मात्र हो । “सदस्य” हुनु र “स्वतन्त्र” हुनु पृथक कुराहरु हुन् । नेपालको शासन व्यवस्था विभिन्न समयका असमान सन्धि, संझौता समेतका आधारमा भारतको पूर्ण नियन्त्रणमा छ । त्यसकारण नेपालको प्रजातन्त्र, लोकतन्त्र तथा जनताको भनिएको शासन भारत नियन्त्रित भएको घाम जत्तिकै छर्लङ्ग छ ।
वि.सं. २००७ सालमा राणाबाट दिल्लीमा खोलिएको सत्ताको साँचो दिल्ली दरबारमै रहेको छ । त्यस समयदेखि दिल्ली दरबारले नेपालमा आफ्नो ईच्छा लादिरहेको छ । त्यसले नेपालको दुई तिहाई भूभाग सन्धिको भरमा भरमा अहिले पनि भारतले आफ्नो कब्जामा राखेको छ ।
अब आन्दोलन नेपालका “गुलाम दल” र तिनका मालिकका रुपमा रहेका “भारत” बिरुद्ध केन्द्रित हुनु पर्छ । नेपालका गुलाम दलहरुलाई बहिस्कार गर्ने मात्र होईन युरोपमा झै गुलामका “शालिकहरु” ढाल्नु पर्दछ । विगतका असमान सन्धिहरु सडकबाटै खारेज गरेर नेपाललाई भौगोलिक रुपमा स्वतन्त्र बनाउने काउण्ट डाउनको समय शुरु भईसकेको छ ।
अठारौं शताब्दिमा युरोप र अमेरिकामा अफ्रिकनहरुलाई दाश बनाउने Winston Churchill लगायतका व्यक्तिहरुको शालिक आज रंग भेदका नाममा धमाधम ढलिरहेका छन् । विश्व परिवेश अनुसार पनि नेपाललाई स्वतन्त्र मुलुक बनाउने समय आईसकेको छ । आँधि बेहरी ल्याउने नेपालीका लागि या “सुनौला” समय हो । अब पनि नेपालीले भारतको दासत्वबाट मुक्त हुने अभियान नचाल्ने हो भने ठूलो ऐतिहाँसिक समय र अवसर गुम्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार