नेपाल –इजरायल कोरोना परामर्श समिति गठन
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १८:६:३६
३० जेठ काठमाडौं । कोभिड–१९ को उपचारसम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल–इजरायल काेरोना योजना (एनआइसीआई) गठन भएको छ । यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल संवाद भएको थियो ।
संवादका आधारमा कोरोनाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन भएको इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले जानकारी दिए। दुवै देशका आ–आफ्ना विशेषज्ञसहितको समितिले उपचार र व्यवस्थापनबारे परामर्श गर्नेछन् । नेपाल पक्षको संयोजकमा काठमाडौं विश्वविद्यालयका डा. विराज कर्माचार्य रहेका छन् ।
राजदूत शाक्यले भने, “इजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुनसक्ने अपेक्षा हामीले लिएका छौँ ।”उन अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रतिनिधि, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा .गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीमप्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा .शैलेन्द्र श्रेष्ठ, नेपाल सैनिक अस्पतालका डा. अरुण न्यौपाने र डा सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा. आशिष दत्त, पाटन अस्पतालमा डा .आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. सन्तकुमार दास रहेका छन् ।
दुई देशबीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौता कोरोनाको महामारी न्यून भएपछि कार्यान्वयन हुनेगरी अघि बढाइने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार