Advertisement

३० जेठ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति कोरोना नियन्त्रणमा असफल देखिएको छ । समितिकै हचुवाको निर्णयका कारण समिति असफल देखिएपछि सरकारले विकल्पहरुलाई परीक्षण गर्ने तयारी गरेको छ । जसमा सेना एक उपयुक्त विकल्प ठानिएको छ ।

पोखरेल नेतृत्वको समितिले निर्णय लिन पटक पटक चुक्दा कोरोना संक्रमण रातदिन फैलिदै गएको छ । लगातार संक्रमण फैलिदै गएपछि कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसीलाई थप व्यवस्थित बनाइएको छ ।

जसको नेतृत्व भने फेरि पनि इश्वर पोखरेललाई दिइएको छ । सिमएसीमा सेनाका अधिकारी पनि सलंग्न छन । जसलाई अहिले परीक्षणका रुपमा हेरिएको छ । पछि आवश्यक परेको खण्डमा कोरोना नियन्त्रणमा सेनालाई अग्रमोर्चामा राख्ने तयारी छ ।

Advertisement

यो समितिमा थप मन्त्री र सचिवहरुलाई पनि समेटिएको छ । बिस्तारै विज्ञ र सेनाका अरु अधिकारीलाई थप्ने योजना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्