सरकारविरुद्ध प्रदर्शनी जारी
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २१:३:११
३२ जेठ, काठमाडौं । कोरोना महामारीका बेला केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै देशव्यापी रुपमा जारी युवाहरुको प्रदर्शनीले आजपनि निरन्तरता पाएकोछ । आज बिहानैदेखि राजधानीको बौद्ध क्षेत्रमा युवाहरु भेला भई ओली सरकारको भ्रष्ट चरित्रको विरोध गरेका छन् । स्वतस्फुर्त निस्किएका युवाहरुले ओली सरकारको गैरजिम्मेवार कार्यशैली र प्रवृत्तिको जोडदार विरोध गरिरहेकाछन् । सरकार भने यसमा भारतीय पक्षको समर्थन रहेको आरोप लगाइरहेका थियो ।
हिजो प्रतिनिधिसभा बैठकले नेपालको नयाँ नक्शा बमोजिमको निशाना छाप परिवर्तन गर्न सर्वसम्मतिले पारित गरेको घटनालाई आन्दोलनकारीले समर्थन गरेका छन् । यद्यपि सरकारी पक्षले भने भारतद्वारा परिचालित भएको आरोप उनीहरुमाथि लगाउँदै आएको थियो । देश महामारीमा फसेका बेलासमेत सरकारी पदाधिकारीले अनियमितता र भ्रष्टाचार गरेको भन्दै बालुवाटारबाट आन्दोलनको थालनी गरेका हुन् ।
भ्रष्टाचारीलाई कारबाही गर्न भन्दै शान्तिपूर्ण आन्दोलनमा ओर्लिएका युवाहरुमाथि सरकारले बल प्रयोग गरिरहेको छ । आजको प्रदर्शनीमा युु्वाहरुले बढो गज्जबका स्लोगन सहितको ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारलाई करको चिन्ता नेपालीलाई भोकको चिन्ता, लूतन्त्र चोरतन्त्र, पीसीआर भनेको प्रेसिडेन्टस कार्पेट रिप्लेसमेण्ट भनेको हो सरकार ? लेखिएका छन् ।
यस्तै प्लेकार्डहरुमा युुवा अब एकजुट हो, प्लेन भाडा ब्रम्हलूट हो, भारतले सीमा मिच्यो, देश कोरोनाले थिच्यो, सरकारले १० अर्ब घिच्यो भन्ने वाक्यांशको प्रयोग भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार