शुक्रबार , कार्तिक १४, २०७७

सिर्जना फाईनान्स, हनुमान वस्त्रालयमा आगाे लाग्दा १० कराेड बराबरकाे क्षति

सिर्जना फाईनान्स, हनुमान वस्त्रालयमा आगाे लाग्दा १० कराेड बराबरकाे क्षति

मानव अधिकार सञ्जाल सुनसरीद्धारा सरकारको ध्यानाकर्षण

१ असार, काठमाडौं । २०७७ जेष्ठ ३२ गते बिहान ५ बजेको समयमा इनरुवा नगरपालिका वडा नं १ को मुख्य बजार सडकमा रहेको हनुमान वस्त्रालय, सिर्जना फाईनान्स कम्पनी लगायत साेही घरमा रहेका अन्य पसलहरुमा आगलागि भैइ अनुमानित १० करोड मूल्य बराबरको भौतिक तथा आर्थिक क्षति भएको घटना प्रती मानव अधिकार संजाल सुनसरीका संयोजक रमेश भट्टराईले दुःख व्यक्त गरेका छन् ।

भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन् :– नेपाली जनताको त्याग र बलिदानिपूर्ण संघर्षबाट विगतमा सिंहदरबारमा सिमित भएको अधिकार स्थानिय तहमा प्राप्त भएको छ । जनताको प्रत्यक्ष पहुँचमा रहेको स्थानिय सरकारले आफ्ना सेवाग्राहीहरुलाई सरल र सहजरूपमा अत्याबश्यकिय सेवा सुविधा नियमित प्रवाह गर्नु पर्ने दायित्व स्थानिय सरकारमाथी रहेको छ भन्ने मर्मलाई इनरुवा नगरपालिका/नगर कार्यपालिकाले आत्मबोध गर्न आग्रह गर्दछु । स्थानिय जनताका आधारभूत सरोकारका सवालहरु र आवश्यक्ताहरुको दिगो समाधानका लागि आवश्यक प्रबन्ध गर्न आग्रह गर्दछु ।

उनेल भनेका छन् :- इनरुवा नगरपालिका सरकारको सेवा प्रवाहलाई जिम्मेवार, जवाफदेही एवं नागरिक मैत्री बनाउन नगरवासिहरुद्वारा विगतदेखी गराईएका ध्यानाकर्षणहरुलाई यथोचित सम्बोधन गर्न नसक्दा विपत एवं आकस्मिक परिस्थितिमा द्रुत सेवा प्रदान गर्नु पर्ने वारुण यन्त्र आवश्यक मर्मत गरि तयारी अवस्थामा राख्न नसकिएको स्थितिले अहिले आगलागीबाट पिडित बनेका ब्यक्ति र परिबारको पारिबारिक, आर्थिक एवं व्यावसायिक जिवनमा क्षतिपूर्ति हुनै नसक्ने स्थिति सिर्जना गरेको छ । सेवा प्रदायक निकायको कमजोर जवाफदेहिता र ढिलासुस्ती ब्यबहारले आफैंले मतदान गरि चयन गरिएको आफ्नो घर आँगनको सरकार माथी नागरिकहरुको अविश्वासको उचाई झनझन बढाउन सक्छ भन्ने मर्मलाई हृदयङ्गम गर्न पुनःआग्रह गर्दछु ।

उनले आकस्मिक विपत्तिको अवस्थामा गरिनु पर्ने उद्धार र प्रदान गरिने संरक्षणमा जुट्नका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरि तयारी अवस्थामा राख्न जोडदार माग गर्दै हिजाे भएको आगलागी नियन्त्रण गर्नकालागि विराटनगर महानगर, धरान, इटहरी उपमहानगर, बराह, दुहबी, सुन्दरहरैंचा नगरपालिका एवं सप्तरीको राजविराज र कन्चनरुप नगरपालिका, दमकलका कर्मचारीहरु, इनरुवाका नगरप्रहरिहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी, उध्योग वाणिज्य संघका प्रतिनिधिहरु, व्यावसयी, राजनितिक दलका नेता कार्यकर्ता एवं स्थानिय बासिन्दाहरुबाट पुर्‍याईएको सहयोगका लागि धन्यवाद ज्ञापन् गर्दै पिडित परिबार प्रती सहानुभूति गरेका छन् । उनले अग्नि पीडित परिवार एवं व्यावसायीहरुका लागि आवश्यक राहत एवं क्षतिपूर्ति उपलब्ध गराई सहयोग गर्न नेपाल सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा १ हप्ता पहिले
ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन, म पूर्ण स्वस्थ छु ! ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन, म पूर्ण स्वस्थ छु ! ३ हप्ता पहिले
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै ५ दिन पहिले
चाडपर्वमा कालोबजारी रोक्न संसदीय समितिकाे चासो चाडपर्वमा कालोबजारी रोक्न संसदीय समितिकाे चासो ३ हप्ता पहिले
कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवान पुर्पक्षका लागि थुनामा २ हप्ता पहिले
वार्ताको सफलताका लागि अफगान सरकार प्रतिबद्ध छ वार्ताको सफलताका लागि अफगान सरकार प्रतिबद्ध छ ३ हप्ता पहिले
त्रिपाठीको अर्धशतकमा कोलकत्ताले चेन्नेईलाई हरायो त्रिपाठीको अर्धशतकमा कोलकत्ताले चेन्नेईलाई हरायो ३ हप्ता पहिले
सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य ७ दिन पहिले