गुल्मीमा ५ वर्षकी बालिकासहित थप ११ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार १३:५७:२१
२ असार गुल्मी । गुल्मीमा ५ वर्षकी बालिकासहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ११ पुगेको छ ।
यस्तै रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ ।
संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म ३७२९ जनाको आरडिटी बिधिबाट परीक्षण गरिएको छ । पीसीआर बिधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
गुल्मी जिल्लामा २ हजार ८ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टाइन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनु’
बैशाख १४, २०८१ शुक्रबार