आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा स्थानीय तह
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १८:२१:५०
३ असार, लम्की । कैलालीका स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । स्थानीय तह ८० दिन लामो बन्दाबन्दीले कृषि क्षेत्रमा असर परेकाले कृषि विकासमा जोड दिने खालका नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् ।
बन्दाबन्दीले किसान बढी मर्कामा परेका छन् । स्थानीय तरकारी उत्पादक बढी मारमा परेकाले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने स्थानीय तहका कृषि शाखाको तयारी छ । तरकारी तथा नगदेबालीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । “भारत तथा विदेशमा रोजगारी गर्नेहरु घर फर्किएका छन्, उनीहरुलाई कृषिमा जोड्न कृषिलाई प्राथमिकतामा राखेका छौँ”, कृषि शाखा प्रमुख चौधरी भन्छन्, “अघिल्ला वर्षभन्दा आउँदो वर्षको बजेटमा कृषिमा दोब्बर बजेट आउँछ ।”
उत्पादनमा जोड दिने र बजारीकरणलाई प्राथमिकता दिनेमा स्थानीय सरकार सचेत भएको उनको भनाइ छ । कैलालीकै जोशीपुर गाउँपालिकाले पनि आउँदो वर्ष बेमौसमी तरकारी खेतीलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको जनाएको छ । गाउँपालिकाले बन्दाबन्दीका कारण कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरी उनीहरुलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउने गाउँपालिकाका कृषि शाखा प्रमुख हर्क बमले बताए । “यसपटक किसानसँग छलफलमा जुटेका छौँ, किसानलाई राहत, अनुदानमात्र नभई उत्पादनमुखी बजेट ल्याउने तयारी छ”, शाखा प्रमुख बमले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम्दानीमूलक कार्य घटेका छन् । यस्तो बेला खाद्य सङ्कट हुनसक्छ भनेर पनि कृषिलाई प्राथमिकतामा राखेका छौँ ।”
स्थानीय तहले कृषिका माध्यमले नागरिक बलियो बनाउन सकिने आधारको खोजी गर्ने बताउन थालेका छन् । भजनी नगरपालिकाले पनि युवालाई कृषिमै स्वरोजगार बनाउने किसिमका कार्यक्रम ल्याउने विषयमा छलफल शुरु गरेको छ । व्यावसायिक कृषि कार्यक्रम ल्याउने तयारी गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी बताउछन, “घर फर्किएका युवासँगको सीप कृषिमा सदुपयोग गर्ने योजनामा छौँ । कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्ने कार्यक्रम छनोट गर्दैछौँ ।”
टीकापुर नगरपालिकाले भने यस वर्ष कृषिका कार्यक्रम छनोट गर्ने जिम्मा वडा तहलाई दिएको छ । वडावडामा किसानसँग छलफल गरी कृषि कार्यक्रम छनोट गर्न थालिएको छ । वडा तहलाई तरकारी बाली, नगदेबाली र उत्पादनमा आधारित कार्यक्रम समेट्न सुझाव दिइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख तुलसीराम सुवेदी बताउछन, “गत वर्षभन्दा दोब्बर योजना छनोट गर्ने तयारी छ ।”
बन्दाबन्दीका कारण अन्य क्षेत्रजस्तै कृषि क्षेत्रमा असर परेको देखिन्छ । किसान भने उत्पादनभन्दा बजारीकरणको जिम्मा स्थानीय सरकारले लगिदिनुपर्ने माग गर्छन् । युवा किसान टेकेन्द्र धामी किसानको उत्पादन स्थानीय सरकारले किनिदिने वा बजारीकरणमा सघाउने गरेमा कृषिमा युवाको सहभागिता बढ्ने बताउछन, “उत्पादनले बजार नपाउँदा किसान मर्कामा छन् । सहज बजार र उचित मूल्य पाएमा किसान कृषिमा उत्साहित हुनेछन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार