गोरखापत्र सुधार्ने राईलाई हटाउन ठूलो चलखेल
नेपालबहस संवाददाता
असार ६, २०७७ शनिबार १८:३६:३९
६ बैशाख, काठमाडौं । सरकारी सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र संस्थान पनि यसरी परिवर्तनको बाटोमा जाला भन्ने धेरैले सोचेका पनि थिएनन् । ०४६ सालपछिको अवस्थामा गोरखापत्रले आफ्नो पहिचान र आकर्षण विस्तारै निमिट्यान्न पार्दै थियो । संस्थानमा काम भन्दा राजनीति गर्नेको बिगबिगी नै थियो । भ्रष्टाचार र कमिशनको जालो यति जेलिएको थियो की यहाँ जाने सबैको सात्तोपुत्लो नै जाने अवस्था थियो ।
यसैक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले पठाउने व्यवस्थापन टीम पनि उही ड्याङको मूला हुने धेरैको अनुमान थियो । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पठाएको टीमलाई पनि मानिसले पुरानै ढर्राको निरन्तरताकै रुपमा लिए । कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी नियुक्त भए । शालीन स्वभावका भण्डारी कहलिएका पत्रकार त थिए, तर उनको व्यवस्थापकीय ज्ञान र क्षमताबारे कमैलाई जानकारी थियो । नभन्दै उनको स्वभावले गोरखापत्र जस्तो अराजक संस्था चलाउन कठिनै देखियो ।
त्यसपछि तीन जनालाई मन्त्रिपरिषदले नियुक्त गर्यो । संस्थान व्यवस्थापन, प्रिन्टिङ र अर्थ हेर्ने गरी चर्चित पत्रकार टीकाराम राईलाई विज्ञ सल्लाहकार नियुक्त गरियो । अलि छुच्चो र ठाडो स्वभावका राईले पनि पुरानै परम्परा पछ्याउने लख काटिएको थियो । तर सबैलाई चकित पार्दै राईले संस्थानको कायापलट गर्ने काम गरिदिए । गोरखापत्र संस्थानबाट प्रकाशित हुने सबै प्रकाशन र अनलाइनलाई चुस्त दुरुस्त पार्ने काम मात्र उनले गरेनन्, संस्थानको व्यवस्थापकीय तथा खरिद प्रकृयालाई समेत पारदर्शी बनाउने काम गरे ।
अराजक भई राजनीति गर्नेहरुलाई काम गर्न वाध्य तुल्याए । त्यसैले गर्दा पछिल्लो समय गोरखापत्र संस्थान जस्तो बिग्रिसकेको संस्थालाई समेत सही बाटोमा ल्याउन सकिने उदाहरण उनले प्रस्तुत गरिदिए । राईको यो शैलीलाई कतिपय कर्मचारीले रुचाएका थिएनन् । खासगरी नेकपाकै आर्शीवाद पाएका संस्थानका नेता भनाउँदाहरुले समेत कार्यालयमा काम गर्नुपर्ने वातारवरण बनाइदिएकाले आक्रोशित थिए ।
प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरुको सोर्सफोर्स लगाउनेलाई त अझै कामको बोझ थपिदिएका छन् राईले । यसबाट आजित भएका तथा कथित कर्मचारी नेताहरुको एउटै ध्याउन्न थियो राई हटाउ अभियान । राईलाई हटाउन संस्थानका धेरै कहलिएका पत्रकार र कर्मचारीले ठूलै लबिङ गरे । तर तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाले कसैका कुरा सुनेनन् । गोरखापत्रलाई सुधार गर्न कस्सिएका राईलाई बल पुग्ने काम गरे । जसले गर्दा राईले निडर भएर काम गरी परिवर्तन गरेर देखाइ दिए ।
तर ७० करोडको घूस प्रकरणमा बाँस्कोटाको संलग्नताको प्रश्न उठेपछि राजीनामा गरे । त्यसपछि भने राई विरोधी पत्रकार र कर्मचारीलाई हाईसञ्चो भयो । जसरी भएपनि राईलाई हटाउनै पर्ने एक सूत्रीय अभियानका साथ त्यो समूह फेरि सकृय भयो । नयाँ मन्त्रीका रुपमा आएका डा. युवराज खतिवडाको कान भर्न पत्रकार र कर्मचारी तँछाड मछाड गर्न पुगे ।
यस्तो वातावरण तयार गर्न राईसँगै संस्थानमा सल्लाहकार सम्पादकका रुपमा छिरेका गोपाल खनाल अग्रसर भए । उनलाई उकास्ने काम गोरखापत्रका प्रवन्ध सम्पादक श्रीधर आचार्य, कुलप्रसाद गौतम लगायत राजु महत जस्ता कर्मचारी अग्रसर भए । पछिल्लो चरणमा भने दशाैं तहका पत्रकार अच्युत अधिकारीको एउटा प्रकरणले राईलाई अफ्ठेरो बनाएको छ ।
यही असार २९ गते उमेर हदले निवृत्त हुन लागेका अधिकारी नागरिकतामा उमेर सच्याएर दुई महिना बढी जागीर खान चाहान्छन् । साथै, यसै अवधिमा एकपटक प्रधान सम्पादक बन्न दौडधूप गरिरहेका छन् । अर्थमन्त्रीसमेत रहेका विभागीय मन्त्रीको चाकडी गरेर अधिकारीले रोइकराई गरी यस्तो निर्णय गराउन राईमाथि दबाब दिन खोजे । तर राईले नियम कानून मिचेर गर्न नसकिने अडान लिए । यही घटनालाई आधार बनाएर मन्त्री खतिवडाका दूतहरुले राईसँग राजीनामा मागेका छन् ।
तर राईले भने राजीनामा नगर्ने अडान लिएका छन् । बरु बर्खास्त गर, त्यसपछिको अवस्था सामना गर्छु भन्दै राईले आफ्ना कुरा स्पष्ट राखेका छन् । स्रोतका अनुसार, गोरखापत्रले एक हजार मेट्रिक टन कागज खरिद गर्न लागेको छ । त्यसवापत कमिसन खाने उद्देश्यका साथ संस्थानका केही पत्रकार र कर्मचारी राईलाई तत्कालै हटाउन चाहन्छन् । राई भएसम्म कसैलाई हिनामिना गर्न दिंदैन भन्ने उनीहरुको बुझाई छ ।
गोरखापत्र संस्थान भित्रको आन्तरिक अवस्था नबुझेका मन्त्रीले यस्तो गल्ती काम गरे भने राम्रो नहुने अर्काथरि कर्मचारी भन्छन् । नेकपा निकट केही कर्मचारी भने राईले गरेको सुधारलाई सम्मान गर्नुको सट्टा पदमुक्त गर्न खोज्नु मूर्खता हुने बताउँछन् । चिनिएको देशकै जेठो अखबार गोरखापत्र दैनिक पछिल्लो केही समययता नयाँ कलेबरमा आएको छ । धेरैले नपत्याएको गोरखापत्रले आफूलाई नयाँ शीराबाट अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार