भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार १:४६:५८
◊ चन्द्रकला भण्डारी
७ असार, भद्रपुर । पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् ।
रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् । कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ । भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फीरुपमा रोक्दै आएको छ ।
पानीट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्मा भन्छन, “तर नेपाली सामान लोड भएका गाडीलाई भारतीय भन्सार पुग्नुअगावै त्यहाँको पुलिस र एसएसबीले रोक्ने गरेको छ ।”
गत बिहीबार नेपालबाट कृषिवस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ । लामो अवधिदेखि मेची पुलमा अलैँची र चिया जस्ता मूल्यवान बस्तु अलपत्र अवस्थामा रहँदा सुरक्षाको समेत चिन्ता थपिएको छ । गाडीका चालकले पुलमै रातदिन बिताएर सामान र ट्रकको सुरक्षा गरिरहेका छन् ।
नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुवास भट्टराईले प्रत्येक ट्रकमा रु डेढ करोडभन्दा बढी मूल्यको अलैँची लोड गरिएको जानकारी दिए । उनले समस्याको समाधानबारेमा केन्द्रीय सरकार र प्रदेश सरकारको विभागीय मन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।
नाकामा अवरोध नगर्न नेपालका तर्फबाट मन्त्रालय तहबाट पठाइएका पत्रको भारतले जवाफ नपठाएको महासचिव भट्टराईले बताए । अबको विकल्प भने भारतको जोगवनी नाका हुनसक्ने भट्टराईको भनाइ छ । पश्चिम बङ्गाल सरकारले नाकामा अवरोध गरेको हुँदा विहारको नाका जोगवनी प्रयोग गर्न सकिने सम्भावना छ । तर सामानको कोलकातामा प्रयोगशाला जाँच भएर रिपोर्ट पानीट्याङ्की नाकामा आइसकेको हुँदा फेरि जोगवनी नाका प्रयोग गर्दा दोहो¥याएर प्रयोगशाला जाँच गर्नुपर्ने झण्झट हुने उनको भनाइ छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार