पाँचकुमारी पेट्रोलपम्प नजिकैबाट ६ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार २:२९:२२
७ असार, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–६ स्थित २८ किलो नजिकै एक घरबाट छ जुवाडेसहित लाखौँ नगद बरामद गरेको छ । पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेका तिमल्सिनालगायत छ जनालाई नगदसहित पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको छ ।
प्रहरीले उक्त जुवाखालबाट रु छ लाख ५४ हजार ५०० बरामद गरेकोसमेत जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले गत शुक्रबार राति १० बजे ३९ वर्षीय तिमल्सिनासहित धुलिखेल नगरपालिका–४ का ३५ वर्षका रामेश्वर केसी, सोही वडाका ४० वर्षीय अनिल थापा, ३४ वर्षका भोला राय र ४२ वर्षका किरण रञ्जितकार तथा तेमाल गाउँपालिका–८ निवासी २८ वर्षका विश्वराज तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
नगद, चार थान तासबुक तथा एक थान तन्दासहित पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद गरेको प्रहरीले जनायो । साथै उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार