मुख्यमन्त्री पौडेलद्वारा पूर्वी मकवानपुरको अनुगमन
नेपालबहस संवाददाता
असार ९, २०७७ मंगलबार १८:३८:३३
९ असार हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वी मकवानपुरमा रहेका महत्वपूर्ण परियोजनाहरुको अनुगमन गरेका छन् । सोमबार पूर्वी मकवानपुरको बकैया तथा वाग्मती गाउँपालिका पुगेएका मुख्यमन्त्री पौडेलले उक्त क्षेत्रमा भइरहेका समग्र विकास निर्माणका बारेमा जानकारी लिनुका साथै छिमेकी जिल्ला सिन्धुलीलाई मकवानपुरसँग जोड्ने मदन भण्डारी राजमार्ग (धरान–चतारा)अन्तर्गत वाग्मती नदीमा निर्माणाधीन पुलको अवलोकन गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।
पुलको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विगतमा पुल निर्माणको काम सन्तोषजनक नभएको भए पनि हाल भएको कामले आशा जगाएको बताए । उनले अझै सोचेअनुसारको काम भने हुन नसकेको उल्लेख गरे । पौडेलले प्रदेशका विभिन्न जिल्लालाई राजधानी हेटौँडासँग जोड्न धरान–चतरा सडकखण्डअन्तर्गतको उक्त पुल महत्वपूर्ण हुने बताए । पुल निर्माणपछि प्रदेश राजधानी हेटौँडासँग सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लालाई सडक सञ्जालसँग सहजरूपमा जोड्न सकिने उनको भनाइ थियो ।
पूर्वपश्चिम राजमार्गमा भइरहेको सवारी चापलाई घटाउने र विभिन्न कारणले हुने अवरोधको विकल्पसमेत हुने भएकाले हेटौँडा–धरान सडक महत्वपूर्ण मानिएको छ । तीन सय १८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौँडासँग जोड्छ । हाल हेटौँडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम दुतगतिमा चलिरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटमा निजी क्षेत्रलाई समेट्न ढकालको सुझाव
बैशाख २७, २०८१ बिहिबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार