एमसीसी पास गर्ला त नेकपाले ?
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार २०:२८:७
१० असार, काठमाडौं । सत्तारुढ नेकपाको आजबाट सुरु बहुप्रतिक्षित स्थायी कमिटी बैठकले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)बारे के निर्णय गर्ला ? धेरैको चासोको विषय बनेको छ । यही असारको १७ गते भित्रै एमसीसी संसद्बाट अनुमोदन नगराइए स्वतः निस्कृय हुने केहीको बुझाई छ ।
रमाइलो त के छ भने सभामुख अग्निप्रसाद सापकोटाले संसद्को आगामी बैठक असार १७ गतेकै लागि तोकेका छन् ।यसका अर्थ के लगाउने ? नेकपा एमसीसी अनुमोदनको विपक्षमा उभिन लागेकै हो त? यस्ता प्रश्न अहिले बर्गेल्ती उठेका छन् । एमसीसीलाई गिजोलेर अन्ततः नेपालका लागि विदेशी सहयोग सदाका लागि बन्द गर्ने पूर्व माओवादी पक्षको अभिष्ट पूरा हुने जस्तो देखिएको एक जना नेकपाकै नेता बताउँछन् ।
अमेरिकाले एमसीसीमार्फत सैन्य बल विस्तार गर्ने र जलविद्युत् क्षेत्रमा कब्जा गर्ने बुझाई एकथरिको रहेको छ । त्यसका पछाडि छिमेकी चीनको समेत रुचि हुन सक्छ । चीनले बीआरआईलाई जुन मोडेलमा अगाडि बढाएको छ, त्यही मोडेलमा एमसीसीले नेपालमा प्रवेश नपाओस् भन्ने चाहेको हुनसक्ने ती नेताको बुझाई छ ।
नेकपा स्थायी कमिटीले यदि त्यस्तो निर्णय ग¥यो भने चीन हावी भएको बुझ्न सहज हुने उनको धारणा छ । तर अहिलेको अवस्था हेर्दा नेकपा भित्रै एमसीसी विरोधी धारणा त्यति मजबूत भइसकेको देखिन्न । खासगरी पूर्व एमाले पक्षधर एमसीसीको पक्षमा सकारात्मक नै हुन् । तर पूर्व माओवादी भने पूरै विपक्षमा रहेको हो ।
नेकपाका नम्बर एक अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको हेपाहा र गैरजिम्मेवार शैलीकै कारण एमसीसी यसरी गिजोलिएको भनाई पूर्व एमालेकै केही शीर्ष नेताको रहेको छ । समयमै एमसीसीलाई अगाडि नबढाएका कारण अहिले प्रतिकूल परिस्थिति निर्माण भएको बुुझाई उनको छ ।
पार्टीलाई पूर्णतः बाइपास गरेर अगाडि बढ्ने ओली शैलीको विरोधमा मात्रै एमसीसी विष्फोट भएको उनको ठम्याई छ ।एमसीसीलाई गिजोल्ने काम ओलीबाटै भएपनि यसलाई पावर शेयरिङको फर्मूलामा मिलाइने पनि उनले ठोकुवा गरे ।पूर्व एमाले पक्षधर एमसीसी विरोधी होइनन्,तर ओलीले सबै एकलौटी गर्न थालेपछि यसलाई हतियार बनाएर तह लगाउन खोजिएको मात्रै हो । त्यसैले एमसीसी भनेको टाइँ टाइँ फिस्स हुने छ– ती नेताको बुझाई हो ।
आजबाट सुरु भएको स्थायी कमिटी बैठकमा एमसीसी अजेण्डा पुछारतिर राखिएको कारण पनि सबै उर्जा अगाडि नै सकियोस् भन्ने ध्येयले हो भन्ने लाग्छ– उनले भने । त्यसैले बाहिर हल्ला चलाइए अनुसार एमसीसीमा धेरै विवाद हुनेवाला छैन । त्यही भएर नेकपा नेता माधवकुमार नेपाल यो प्रकरणमा खासै बोलेका छैनन् । भोलि ओलीको विकल्पमा उनी नै प्रधानमन्त्री बन्ने अवस्था रहेकाले पनि अमेरिका र पश्चिमालाई चिढ्याउन चाहँदैनन् ।
पार्टीका अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको पनि आफ्नै व्यथा छ । आवरणमा उनी एमसीसी विरोधी देखिएपनि वास्तवमा नेपालमा एमसीसी अगाडि बढाउने प्रधानमन्त्री स्वयं रहेको देखिन्छ । पार्टी नेता र कार्यकर्ताको चित्त बुझाउन मात्रै प्रचण्ड विरोधी खेमामा देखिएका हुन् – प्रचण्ड निकट एक नेताले भने ।
तर एमसीसी प्रकरणलाई अहिले नै पारित गर्दा चाहिं पार्टीको साख विग्रने भएकाले हाललाई म्याद थप गर्न आग्रह गर्ने गरी जाने रणनीति नेकपाका नेताहरुले बनाएको दावी उनले गरे । त्यसैले यो अजेण्डालाई अलि तलै राखिएको हो – उनले भने तर एमसीसी पारित चाहिं हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार