पोखरा महानगरपालिकाको बजेट ६ अर्ब २० करोड
नेपालबहस संवाददाता
असार १०, २०७७ बिहिबार ३:२५:३९
१० असार, पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/७८ का लागि रु छ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा आज आयोजित सातौँ नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्पm रु तीन अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्पm रु दुई अर्ब ९८ करोड ८८ लाख रहेको छ ।
सङ्घीय सरकारबाट रु दुई अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट रु १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत रु दुई अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको छ भने अन्तरसरकारी अख्तियारबाट रु ८५ करोड प्राप्त हुने प्रस्तुत बजेटमा अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिए ।
बजेटमा राजस्व बाँडफाटतर्फ सङ्घीय सरकारबाट रु ३० करोड ६४ लाख र प्रदेश सरकारबाट रु चार करोड ३७ लाख गरी जम्मा ३५ करोड एक लाख र आन्तरिक स्रोतबाट रु दुई अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटअन्तर्गत सङ्घीय सरकारबाट रु ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट रु तीन करोड ८२ लाख, आन्तरिक आय रु दुई अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट रु १० करोड, जनसहभागिता रु १२ करोड २५ लाख, नगद मौज्दात रु २२ करोड, सडक बोर्ड रु दुई करोड ५० लाख, अन्तरसरकारी अख्तियारी रु एक अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो ।
आज सर्वजनिक गरिएको बजेटमा पूर्वाधारतर्पm रु दुई अर्ब ७३ करोड ४० लाख, स्वास्थ्यतर्पm एक अर्ब २९ करोड ६३ लाख, कृषि तथा पशुपालनतर्पm पाँच करोड ३५ लाख, पर्यटनतर्पm दुई करोड ४६ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । कोरोना विशेष कार्यक्रमका लागि २८ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ ।
महानगरपालिकाकाले आर्थिक वर्ष २०७६/७७ मा व्ययतर्फ सञ्चित कोषबाट रु पाँच अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान छ अर्ब ३८ लाख भएको छ । कार्य सञ्चालन कोषबाट व्यय रु एक अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकामा आव २०७६/७७ को जेठ मसान्तसम्म रु तीन अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको थियो ।
आव २०७६/७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ रु एक अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ रु एक अर्ब १० करोड ८३ लाख खर्च भई चालूतर्फ ५४ दशमलव ५ र पुँजीगततर्फ ३१ दशमलव पाँच प्रतिशत खर्च भई कूल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ ।
आयतर्फ हालसम्म तीन अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइरसले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको हो । महानगरले चालू आवका लागि भने रु सात अर्ब ५४ करोडको बजेट ल्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार