असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार २०:२:४४
११ असार, एजेन्सी । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ ।
असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पु¥याउनेतर्फ केन्द्रित छ ।
न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले लल्जसेक र एनोनिमस ह्याकर समूहका मानिसलाई अमेरिकी गुप्तचर सामग्रीमा सम्पर्क स्थापित गर्न प्रयोग गरेको उल्लेख छ ।
न्याय विभागले जारी गरेको वक्तव्यमा विकिलिक्सले एउटा नेटो मुलुकको सरकारी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको उल्लेख छ । असान्जमाथि अफगानिस्तान र इराकमा अमेरिकी सैन्य कारबाहीका गोप्य दस्ताबेजहरु सन् २०१० मा सार्वजनिक गरेको आरोप छ ।
अमेरिकाले असान्जको यो कार्य अमेरिकी गुप्तचर ऐन विपरीत रहेको भन्दै असान्जमाथि अमेरिकामा मुद्दा चलाउन चाहेको छ । अमेरिकाले ४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ मार्फत अमेरिकी गोप्य सूचना चोरेको आरोप लगाइरहेको छ ।
विकिलिक्सले बुधबार ट्वीट गर्दै अमेरिकी न्याय विभागले जुलियन असान्जमाथि जबर्जस्ती मुद्दाहरु बनाउँदै लगेको बताएको छ । असान्ज हाल दक्षिण लन्डनको सुरक्षा व्यवस्था निकै कडा रहेको बेलमार्श कारागारमा छन । उनलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा हाल बेलायती अदालतमा मुद्दा चलिरहेको छ ।
उनले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिनु भएको थियो । तर उनलाई गत वर्ष बेलायत प्रहरीले राजदूतावासबाट निकालेर जेलमा राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्जियामा ‘रुसजस्तो कानुन’ विरुद्ध सडकमा हजारौंको प्रदर्शन
बैशाख ३०, २०८१ आइतबार
राष्ट्रसंघीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
बैशाख ३०, २०८१ आइतबार
युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारी पछि १७ जना अस्पताल भर्ना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार