स्याङ्जाको वालिङमा एमसीसीको विरोध
नेपालबहस संवाददाता
असार ११, २०७७ शुक्रबार ०:६:२९
११ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाका स्थानीय युवाले मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका सामसामयिक घटना क्रमलाई जोडेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज, भ्रष्टाचारीलाई कारवाही, सरिता गिरीलाई कारवाही गर, सचेत नागरिक एक हौं भन्ने जस्ता नारा लेखेर विरोध प्रदर्शन गरेका हुन् ।
वालिङ नगरपालिका ११ स्थित पर्यटकीय क्षेत्र बाहुनथानमा पुगेर उनीहरुले प्रदर्शन गरेका थिए । बाहुनथानमा राखिएको नेपालको राष्ट्रिय १२ फिट अग्लो झण्डामुनि बसेर युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले नियमित ३-४ दिनदेखि बिहानको समय बाहुनथानमा बसेर विरोध गर्दे आएको जनाए ।
अगाडि र पछाडि राष्ट्रिय झण्डालाई साक्षी राख्दै कुनै पनि संघसंस्था र संगठनमा आवद्ध नभइ एक सच्चा नेपालीका नाताले स्वतःस्फुर्त रुपमा प्रदर्शन गरेको सहभागी मध्येका एक युवा कृष्ण डुम्रेले जानकारी दिए । अमेरिकाको ५० करोड डलर अनुदान सहयोगका नाउँमा नेपालका न्याय कानून सबै मिचिने छन् भन्दै उनीहरुले त्यस्तो हुन दिंदैनौं, एमसीसी पास भएमा नेपाल अफगानिस्तान जस्तो बन्ने दाबी गरे ।
एमसीसी सम्झौता कार्यान्वयनका लागि परियोजना र नेपाल र सरकारबीच भएको सहमति अनुसार असार १६ देखि परियोजना कार्यान्वयन सुरु हुने सहमति गरिएको छ । एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयन सुरु भएको ५ वर्षमा नसकिए बाँकी अनुदान रकम फिर्ता जाने प्रावधान छ । एमसीसी परियोजनामा झन्डै ५५ अर्ब नेपाली रुपैयाँ ऊर्जा र यातायात र पूर्वाधारका क्षेत्रमा खर्च गरिने सहमति छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार