जुवातासको खालबाट फेदिखोलाका १३ जना पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १९:३५:२७
१४ असार, काठमाडौं । पोखरा महानगरपालिका-८ ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला-३ बस्ने २९ वर्षीय सुसिल रेग्मी लगायत ७ जनालाई नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गिरीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका ८ रत्नचोक सुगम मार्ग बस्ने ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त वर्कशपमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार