विराटनगर जलमग्न, भारतको एकतर्फी बाँधले डुबायो
नेपालबहस संवाददाता
असार १५, २०७७ सोमबार २०:३५:२०
१५ असार, विराटनगर । भारतले एकतर्फी रुपमा बाँध बनाएपछि मोरङको विराटनगर जलमग्न भएको छ । विराटनगरे महानगरपालिकाको दक्षिणी क्षेत्र डुवान सोमबार बिहानैदेखि डुबानमा परेको हो ।
सामान्य वर्षाले पनि पानी निकास नहुने देखिएपछि विराटनगर– १८ बुधनगर क्षेत्र डुवानमा परेको स्थानीयले बताएका छन । डुबानले गर्दा आफ्नै पसल जान पनि स्थानीयहरु बाँसको पुल बनाउन बाध्य भएका छन ।
डुवानकै कारण सात वर्षीय बालकको ज्यान गएको छ । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बिहीबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।
‘भारतले आईसीपी र रेलेको लिक बिछ्याउँदा ठूलाठूला ड्याम बाध्यो । तर निकासका लागि नाला राखिदिएनन् । जसका कारण डुबान भएको स्थानीयको भनाई छ ।
विराटनगर १८ भारतसँग सीमा जोडिएको क्षेत्र हो । आफ्नो क्षेत्रमा बाढीको प्रभाव रोक्न भारतले रेलको लिकलाई नै ड्यामको रुपमा प्रयोग गरेको स्थानीयले बताएका छन् ।
डुवानका कारण खेतीयोग्य जमिन जलमग्न छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल बढी डुवानमा परेका हुन् ।
विराटनगर मात्रै होइन, भारतसँग जोडिएका तराईका धेरै जिल्ला बर्षायाममा डुबानमा पर्ने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
सडक ढलान गर्दा भ्रष्टचार गरेको आरोपमा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार