रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग
Advertisement

१५ असार, काठमाडौं । दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताए । दलित अधिकारकर्मी रेणु सिजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारवाही नगरेको गुनासो गरे ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै पाँच जना उनका साथीको पनि हत्या गरिएको थियो । सो घटनाको विरोधमा दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका छन् ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्