कोरोना कहरबीचको राजनीतिक छिनाझप्टी
कुसुम सेञ्चुरी
असार १६, २०७७ मंगलबार २१:३६:४४
१६ असार, काठमाडौं । कोरोना कहरले थला परेको देशको जनजीवन विस्तारै लयमा आएको छ । तर राजनीतिक दलहरु भने अन्तर्कलहमै व्यस्त छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र पावरमा टिक्ने विभिन्न तिकडमबाजी चुलिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि आगामी चौधौं महाधिवेशनका लागि जुर्मराएको छ ।
नेकपामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली एउटा कित्तामा छन् भने बाँकी शीर्ष नेताहरु अर्काे कित्तामा उभिएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल ओलीलाई पाठ सिकाउन एकै कित्तामा उभिएका छन् ।
प्रचण्डलाई ओलीबाट धोका भएको अनुभूति भएको छ भने नेता नेपाललाई ओलीबाट सधैं अपमानित भएको ठम्याई छ । त्यसैले एउटै कित्तामा उभिएर ओलीविरुद्ध फायरिङ खोलिएको अवस्था छ । उता, ओली पनि अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा प्रष्ट हुन सकेका छैनन् । चालु स्थायी कमिटी बैठकले ओली सरकार असफल भइसकेको निश्कर्ष निकाल्ने अवस्थामा रहेको देखिन्छ ।
त्यसमाथि ओलीले भारत कार्ड प्रयोग गरेर आफू मात्रै राष्ट्रवादी भएको भ्रम छर्ने काम गरेपछि नेताहरु अझै चिढिएका छन् ।स्थायी कमिटीले प्रधानमन्त्रीलाई राजीनामा गर्न निर्देश गर्न सक्ने अवस्थाको छनक पाएका ओलीले त्यो भन्दा अगाडि नै नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेवापत भारत र पार्टी भित्रकै केही नेता आफूलाई पदमुक्त गर्न बुर्कुसी मारिरहेको प्रतिक्रिया दिएका छन् ।
ओलीको यो बठ्याईंले पार्टी भित्र फेरि भूँइचालो नै गएको छ । ओलीलाई हटाउने विषय उठ्यो की भारत परस्त बिल्ला भिडाउने चालबाजी मात्रै हो– नेकपाकै एक स्थायी कमिटी सदस्यले भने । त्यसैले अब यो प्रसंगमा समेत ओलीले प्रष्टीकरण दिनुपर्छ भन्दै उनले आफू पदमा टिक्न अरुलाई भारतीय दलालको बिल्ला भिडाउने ? उनको प्रश्न छ । जारी स्थायी कमिटी बैठकमा आजै सचिबालय सदस्यहरुले नै यो विषयमा प्रश्न उठाए । प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै स्पष्टीकरणको माग राखे ।
प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्तो हल्का टिप्पणी गर्न मिल्छ ? खनालले आक्रोशपूर्ण ढंगले प्रश्न उठाएको सहभागी एक नेताले जानकारी दिएका छन् । विगत हेरौं न को भारतीय दलाल र को राष्ट्रवादी भन्ने छर्लङ्ग हुने तर्क गर्दै ती नेताले ओली आफ्नै बोली र व्यावहारबाट पदमुक्त हुुने दावी गरे ।
नेकपा भित्र छिरेको यो सलहले सबैलाई खाइछाड्ने भएकाले अब निर्मम भएर जानुपर्ने अवस्था रहेको उनले बताए ।तर ओली भने अझै पनि गलेका छैनन् । उनी सकेसम्म नयाँ नयाँ फण्डा झिकेर सत्ता टिकाउने ध्याउन्नमा छन् । सत्ता टिकाउन अब ओलीसँग दुईवटा मात्र विकल्प बाँकी देखिन्छ ।
पहिलो भनेको संसदीय दलमा बहुमत सिद्ध गर्ने । अहिलेसम्मको जोडघटाउ हेर्दा ओली संसदीय दलमा बलियो छन् । यद्यपि उनीसँग बहुमत नै चाहिं छैन । तर नेता नेपाल र प्रचण्ड भन्दा संख्यात्मक रुपमा ओली नै बलिया छन् । तर बहुमत पु¥याउन चाहिं उनले थप मेहनत गर्नैपर्छ । कम्तिमा १० जना सांसद् थपे भने उनी संसदीय दलमा बहुमतमा पुग्ने अवस्था छ ।
कदाचित यस्तो अवस्था बनेन भने ओलीसँग अर्काे विकल्पका रुपमा संसद् विघटन गर्ने अवस्था आउन सक्छ । यसका लागि ओलीलाई सघाउ पुग्ने अवस्था विद्यमान छ । यस प्रयोजनका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्दो उपयोग गरिरहेका छन् ।
हरेक संकट मोचनको लागि उनले भण्डारी कार्डको प्रयोग गर्ने गरेका छन् । आजै पनि उनी स्थायी कमिटी बैठक चलिरहँदा राष्ट्रपति भेट्न शितलनिवास पुगे । भोलि त्यस्तै परिस्थिति बन्यो भने ओली यो बिकल्पमा नजालान् भन्ने लाग्दैन । किनभने सत्ताका लागि उनले सबैखाले अस्त्रको प्रयोग गर्छन् । त्यसैको एउटा श्रँृखला हो भारत कार्ड ।
आफ्नो सत्ता टिकाउने ओलीले जुनखाले खेल खेलिरहेका छन् त्यसले त भोलि संसद् विघटनको बिकल्पमा उनी नजालान् भन्न सकिन्न – नेकपाकै नेताहरुको बुझाई यस्तो रहेको छ । त्यसैले नेकपा भित्रको सत्ता संघर्ष बढो पेचिलो बन्न थालेको छ । जारी स्थायी कमिटी बैठकले एउटा दिशा लिने निश्चित छ, तर त्यसले सकारात्मक निकास दिनेमा चाहिं आशंका गर्न सकिन्छ ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पनि कोरोना कहरकै बीच महाधिबेशन गर्न अग्रसर भएको देखिन्छ । पार्टी भित्रको बढ्दो अविश्वास र मतमतान्तरलाई मत्थर गर्न सभापति शेरबहादुर देउवा अलिक लचकदार बनेका छन् । यही अजेण्डामा छलफल गर्न अहिले पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । आगामी फागुन भित्रै महाधिवेशन गर्न उनले तालिका प्रकाशन गर्ने भन्दै असन्तुष्ट नेताहरुलाई आश्वास्त पार्न खोजिरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार