बढ्यो ओलीको छटपटी, गुटका नेताहरुको दौडधुप !
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १७:१:२१
१७ असार, काठमाडौं । स्थायी समिति बैठकमा १७ जना नेताहरुले राजीनामा माग गरेपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छटपटी बढेको छ । खासगरी नेकपाका अर्का अध्यक्ष प्रचण्डसँगै सबै शीर्ष नेताहरुले सरकार र पार्टी दुबैबाट राजीनामा दिन माग गरेपछि ओलीको ‘ज्वरो’ ह्रवातै बढेको हो ।
उनले यसका लागि बिहानैदेखि बालुवाटारमा आफ्ना गुटका नेताहरुसँग छलफल गरिरहेका छन । केही गुटका नेताहरुलाई अरु नेताहरुसँग भेट्न परिचालन गरेका छन । ओलीले प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई भेट्न छुट्टाछुट्टै नेता परिचालन गरेका छन् ।
ओली गुटका नेतााहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरु बढी सक्रिय छन । ओलीलाई अफ्ठ्यारो पर्नेवित्तिकै यी नेताहरु दिलोज्यान दिएर ओलीको बचाउमा उत्रिने गरेका छन ।
नेताहरुसँग एक्लाएक्लै भेटवार्ता गरेर मात्रै ओली निष्कर्षमा पुग्नेछन । तर जति नै चर्को माग उठेपनि ओलीले तत्काल राजीनामा भने दिनेछैनन् । स्थायी समिति बैठक सकिएपछि सचिवालय बैठक बस्नेछ । स्थायी समितिले गरेको निर्णय सचिवालय बैठकबाट पारित भएपछि मात्रै ओलीले राजीनामा दिने बाटो तय हुनेछ ।
बरु नेकपा फुट्ला तर ओलीले राजीनामा दिदैनन्
यसअघि पनि पटक पटक ओलीको राजीनामा माग गरेका नेताहरुको चर्को आलोचना गर्ने शैली नयाँ होइन । प्रचण्डले एक बर्षअघि नै राजीनामा माग गरेका थिए । प्रचण्डकै लाइनमा माधव नेपालले पनि ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिदै आएका छन ।
स्थायी समिति र सचिवालयको निर्णय हुन कम्तीमा एक हप्ता समय लाग्छे । त्यसमाथि ओली कसैले भनेकै आधारमा राजीनामा दिनेछैनन् । यसअघि २०७३ सालमा पहिलो पटक प्रधानमन्त्री भएका बेला पनि प्रचण्डले राजीनामा दिन सुझाव दिएका थिए । तर ओलीले दिएनन् ।
पछि प्रचण्ड ओलीसँगको सहकार्य तोडेर कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेका थिए । त्यतिबेला एमाले र माओवादी पार्टी छुट्टाछुट्टै थिए । अहिलेको अवस्थामा पनि बरु नेकपा फुट्न सक्छ । तर ओलीले राजीनामा दिने छैनन् ।
यसर्थ पनि ओली आफू प्रधानमन्त्रीबाट हटिहाल्ने पक्षमा छैनन् । पछिल्लो समय सबैभन्दा बढी सक्रिय देखाउने भारतीय दुतावास पनि ओलीसँग रुष्ट छ । नक्सा जारी भएदेखि ओलीप्रति भारत झन कडा बनेको छ ।
बरु यस्तो बेला काठमाडौँमा रहेको चिनियाँ दुतावास सक्रिय हुने गरेको छ । यसअघि पनि अध्यादेश विधेयक ल्याउँदा चिनियाँ राजदूत यान्छीले ओलीको पद जोगाएकी थिइन् । यसपटक स्थायी समिति बैठक नसकि राजदुत यान्छी सक्रिय हुने ठाउँ छैन ।
यस्तो अवस्थामा ओलीले के गर्छन ? हेर्न बाँकी छ । तर अब ओलीको अंहकार, दम्भ र घमण्डले सत्ता जोगिने सम्भावना निकै कम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार