बाहिर आईजीपीद्धारा ब्यारेक उद्घाटन, भित्र थुनुवाको आत्महत्या !
नेपालबहस संवाददाता
असार १७, २०७७ बिहिबार ०:५९:१३
१७ असार, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ललितपुरमा बुधबार आईजीपी ठाकुरप्रसाद ज्ञवालीले नवनिर्मित ब्यारेकसहितको जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटन गरे ।
उद्घाटनलगत्तै प्रहरी कार्यालय ललितपुरबाटै एक थुनुवाले आत्महत्या गरेको खबर आयो । झण्डै साढे १० बजे सप्तरीका दुर्गेश यादव शौचालयमा आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । आरोप थियो, युवतीलाई बलात्कार गरेको । लगत्तै प्रहरीले उनलाई पाटन अस्पताल पु¥यायो ।
तर १० बजेर ४६ मिनेटमा अस्पतालले उनलाई मृत घोषणा ग¥यो । घटनापछि प्रहरी आफैं अलमल्लमा परेको छ । एकातिर कोरोनाको रिर्पोट नआएकाले उनलाई छुट्टै राखिएको थियो । अर्को उनीमाथि झुटो आरोप लगाइएको हो कि ? भन्ने आशंका छ । उनको सुसाइट नोट हेर्दा उनीमाथि झुटो आरोप लगाएको देखिन्छ ।
बलात्कार कि फसाउन गरिएको प्रपञ्च !
हिरासतको शौचालयमा आत्महत्या गरिएको अवस्थामा भेटिएका दुर्गेश पेशाले स्वास्थ्यकर्मी हुन । स्वास्थ्य सहायक पदमा कार्यरत उनी कोटेश्वर बस्थे । स्वास्थ्यकर्मी भएपनि उनलाई प्रहरीले तीन दिनअघि बलात्कार आरोपमा पक्राउ ग¥यो ।
१७ बर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ग्वार्कोमा १४ गते राति साढे १० बजेतिर युवतीमाथि बलात्कार गर्न खोजेको प्रहरीको आरोप थियाे ।
सोही राती उनलाई प्रहरीले जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान शुरु गरेको हो । अदालतबाट ५ दिनको म्याथ थप गरेर अनुसन्धान चलिरहँदा उनी आत्महत्या गरेको अवस्थामा शौचालयमा भेटिए । साथमा सुसाइड नोट पनि छ ।
तर सुसाइड नोटले उनलाई फसाउन खोजिएको देखाउँछ । बुधबार बिहान प्रहरी हिरासतमा शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर उनले आत्महत्या गरे ।
आत्महत्या गर्नुअघि सुसाइड नोटमा ‘आइएम नट अटेम्प्ट द रेप, प्लिज सेभ मी गड’ अंग्रेजी शीर्षक दिएर उनले लेखेका छन, ‘मैले कसैलाई रेप गरेको छैन, मलाई आरोप लगाइएको छ । म त्यस्तो मान्छे पनि होइन । नराम्रो सोचेको होइन, म यस्तो आरोप सहेर बाँच्न सक्दिनँ । म माथि लगाएको आरोप सहेर बाँच्न सक्दिनँ । म यो दुनियाँबाट बिदा हुन गइरहेको छु।’
उनको यो सुसाइड नोटले गम्भिर अवस्था सिर्जना गरेको छ । सामान्यतया पेशाले स्वास्थ्यकर्मी रहेका व्यक्तिबाट बलात्कार हुनु आफैमा असामान्य हो । त्यो पनि मध्यरातमा । घरबाट पढ्नकै लागि शहर छिरेका युवा स्वास्थ्यकर्मी भएपछि नचिनेकी युवतीलाई जबर्जस्ती करणी गर्न खोजे भन्नुपनि आफैमा सामान्य कुरा होइन ।
बलात्कार गरेपछि उनले आरोप स्वीकार गर्न सक्थे । तर उनले बिनाकारण लगाइएको आरोप स्वीकार नगरेर आत्महत्याको बाटो रोजेका छन । जुन सामान्य होइन । यसर्थ अरुलाई आत्महत्या दुरुत्साहनमा पक्राउ गर्ने प्रहरी अब आफैले युवालाई आत्महत्या गर्न बाध्य पारेको जस्ताे देखिदैछ।
कसैले कसैलाई भनेर बलात्कार र आत्महत्या गर्दैन : एसपी कार्की
बुधबार आईजीपीद्धारा नयाँ भवन उद्घाटन गर्दा गर्दै यो घटना घटेपछि यसलाई गम्भिर रुपमा लिइएको प्रहरी बताउँछ । तर उनीमाथि लगाइएको आरोप सामान्य देखिदैन । त्यसमाथि सुसाइड नोटमा लेखिएको कुराले उनीमाथि प्रहरीले ज्यादती गरेको स्पष्ट छ ।
घटनालाई अनुसन्धान गर्न एसपी तुलबहादुर कार्कीको संयोजकत्वमा विशेष टीम गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता समेत रहेका कार्की यो घटना बाहिरबाट हेर्दा आत्महत्या नैं भएको दाबी गर्छन । ‘अहिलेसम्म देखिएको सबै कुरा हेर्दा आत्महत्या हो’ उनी भन्छन, ‘तर खास कारण खुल्न बाँकी छ ।’ तर सुसाइड नोट र उनीमाथि लगाइएको आरोपबारे एसपी कार्कीको जवाफ चित्तबुझ्दो छैन ।
उनी भन्छन, ‘कसैले म मर्दैछु भनेर मर्दैन । अनि कसैले कसैलाई भनेर बलात्कार पनि गर्दैन । प्रहरीले उजुरी आएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो । कोरोना महामारीको बेला परीक्षण नगरी सबैलाई सँगै राख्न मिलेन । त्यही भएर अलग्गै राखिएको हो । यसमा आशंका गर्नुपर्ने ठाउँ के छ र ?’
उजुरीपछि प्रहरीले पक्राउ नगर्दा बलात्कृत युवतीले आत्महत्या गर्ने डर रहेको उनको भनाई छ । ‘उजुरी आएपछि पक्राउ नगरौँ, युवतीले आत्महत्या गर्ने डर । आरोपितलाई पक्राउ ग¥यौ । यता युवाले आत्महत्या गरे । यो केशमा गम्भिरतापूर्वक छानबिन आवश्यक देखेर हामीले अनुसन्धान शुरु गरेका हौँ ।’
आत्महत्या गरेका युवाको पोष्टमार्टम रिर्पोट र थप अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने एसपी कार्कीको भनाई छ । तर उनको आत्महत्यामा प्रहरी जिम्मेवार हुने तर्क गलत रहेको उनी दाबी गर्छन । ‘हामीले उजुरी आएपछि अनुसन्धान गर्ने हो । उजुरी आएपछि नै पक्राउ गरेर अनुसन्धान शुरु ग¥यौ’ उनले भने, ‘तर यसरी आत्महत्या घटना नै हुन्छ भनेर हामीले थाहा पाउने कुरा भएन । त्यसमाथि कसैले म आत्महत्या गर्छु भनेर पनि गर्दैन । घटना गम्भिर छ । वास्तविकता पत्ता लागेपछि थप कुरा भनौला ।’
सप्तरी घर भएका उनी कोटेश्वर बस्थे । उनका आफन्तका अनुसार उनी घरपरिवारका एक्ला छोरा थिए । प्रहरीले घरमा खबर गरेपछि उनीहरु सप्तरीबाट काठमाडौँतिर हिडेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
राष्ट्रपति आउनुअघि संसद परिसरमा गरियो कसरी सवारी गराउने भन्ने अभ्यास
जेठ १, २०८१ मंगलबार