रुसी राष्ट्रपतिको कार्यकाल बढाउने पक्षमा भारी बहुमत
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २०:५८:३०
१८ असार, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत संग्रहमा भारी बहुमत प्राप्त भएको छ ।
रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलब ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कूल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।
रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत संग्रहका लागि आह्वान गर्नु भएको थियो जसमा राष्ट्रपतिको कार्यकाल समेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरु रहेका थिए । उनको राष्ट्रपतिको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ । पछिल्लो जनमत संग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ ।
यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्ट्रपतिले रुसमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाउन सक्ने तथा मजदूरको न्यूनतम ज्याला एवं निवृत्तीभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत संग्रहले अनुमोदन गरेको छ ।
रुसका दुबै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत संग्रहमार्फत अनुमोदन गराउन चाहेको बताएका थिए । रुसमा राष्ट्रपति पुटिनका प्रखर आलोचक अलेक्सी नाभाल्नीले जनमत संग्रहको मतपरिणामप्रति आश्वस्त हुन नसकिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
दश वर्ष कोरिया बसेर फर्किएका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार