‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ पुनः सञ्चालनको तयारी
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २१:२५:३६
१८ असार, काठमाडौं । उपकरण जडान भएको एक दशकसम्म पूर्ण सञ्चालनमा नआएको सवारी स्वस्थता जाँच केन्द्र ‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ पुनः सञ्चालनको तयारी गरिएको छ ।
विद्यमान उपकरण काम गर्ने अवस्थामा छ-छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ । उपकरणले काम गर्ने अवस्था भएमा त्यसलाई मर्मत गरेर सञ्चालन गरिनेछ । उपकरण जडान भएको लामो समय भए पनि सञ्चालन नभएकाले उपकरण काम नलाग्ने हुनसक्ने उनले बताए । उपकरण काम नगर्ने भएमा नयाँ उपकरण जडान गरिने उनको भनाइ छ । उनले भने, “विज्ञको सुझावका आधारमा मर्मत गर्ने कि नयाँ खरिद गर्ने भनी निर्णय गरिनेछ ।”
केन्द्रमा रहेका उपकरण त्यत्तिकै थन्किँदा अहिले सवारी साधनको मानिसले गर्ने कुराको मात्रै परीक्षण भइरहेको छ । केन्द्रमा एकदशक पहिले गह्रौँ सवारी साधन र हलुका सवारी साधनको स्वस्थता परीक्षणका लागि दुई उपकरण जडान भएको थियो । यी दुईमध्ये पहिले एउटा मात्रै भए पनि सञ्चालन गर्ने केन्द्रले तयारी गरेको छ । उनले भने, “हामीले विभाग र मन्त्रालयमा कुराकानी गर्दा उनीहरु पनि केन्द्र सञ्चालन गर्ने कुरामा सकारात्मक छन ।”
बन्दाबन्दीका समयमा केन्द्रका सबै सेवा ठप्प थियो । अहिले कार्यालयका १४ मध्ये १२ कर्मचारी कार्यरत रहेका छन् । सरकारले बुटवल र हेटौँडामा पनि सवारी परीक्षण केन्द्र स्थापना गरेको छ । ती कार्यालयमा कर्मचारी व्यवस्थापन लगायतका काम भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशमा एकएक केन्द्र स्थापनाको योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार