अवसानको बाटोमा ओली युग
नेपालबहस संवाददाता
असार १८, २०७७ बिहिबार २२:२७:१४
१८ असार, काठमाडौं । आफुले गरेका असल कामले भन्दा तुच्छ बोलीका कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली राजनैतिक पतनको बाटोमा हिँडिसकेका छन् । उनी त्यस्तो बाटोमा हिँडिसकेका छन् जुन बाटोबाट फर्किन स्वयं ओलीलाई नै अप्ठ्यारो अवस्था सृजना भै सकेको छ ।
सानो भन्दा सानो राष्ट्रहितको कामलाई समेत ग्वाम्लाङ्ग अङ्गालो मार्ने नेपाली समाजमा ओली किन यति धेरै बदनाम भए त ? के ओलीको खुल्ला राजनीतिको ३२ बर्षमा देश र जनताका पक्षमा कुनै राम्रा काम नगरिकनै बिते त ? भन्ने कुरा केलाएर हेर्ने हो भने राजनीतिका सिद्धपुरुष मनमोहन अधिकारी र असल योजनाकार भरतमोहन अधिकारीका केही नवीनतम कार्यक्रमहरुका आडमा मात्रै पूर्व एमाले र वर्तमान नेकपाको राजनीतिक अस्तित्वको आशाको त्यान्द्रो अडिएको देखिन्छ । त्यस भन्दा पछाडि पूर्व एमाले तथा वर्तमानको नेकपाले गफको खेती र हाँसी मजाकका उखानटुक्का बाहेक कुनै नवीन योजना जनता सामु पस्किएको देखिदैंन ।
केपी शर्मा ओलीको पार्टी यो भन्दा पहिला पनि पटक–पटक सरकारमा गएकै हो । ओलीले आफ्नो राजनीतिक कार्यकालमा विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेबारी पनि सम्हालेकै हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई केलाएर हेर्दा जनताले कम्यूनिष्ट पार्टी प्रतिकाे आशा, भरोशा, अपेक्षा र भावनाका लहराहरुले बेरिएकै बेला ओलीले देशमा २/२ पटक प्रधानमन्त्री बनेर देश र जनताका पक्षमा काम गर्ने सुअवसर प्राप्त गरेकै हुन । राजनीतिको यस्तो महत्वपूर्ण घडीमा झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्ने सुअवसर प्राप्त हुँदासमेत आफ्नै दलका नेता तथा कार्यकर्तालाई देश विकासको महाअभियानमा सामेल गराउन नसक्नु, आम जनतामा देशमा सरकार एक अभिभावकको रुपमा रहेको आभाष दिलाउन नसक्नु र केही खान नपाएका र खान पल्किएकाहरुकाे चक्रब्यूहबाट बाहिर निस्कन नसक्नुमा उनको काम गर्ने कार्यशैली भन्दा पनि रुखो र टर्रो बोली नै बाधक भएको देखिन्छ ।
पदीय जिम्मेबारीले चरमचुली चुम्दाँ पनि गोठाले बोली बोलेर आफ्नै समकक्षीको मानमर्दन गर्न पछि नहट्ने ओलीले मौका पर्दा कस्तासम्म शब्दबाँण प्रयोग गर्छन् भन्ने कुरा अब कसैले कसैलाई लुकाउन पर्ने बिषय नै रहेन । जन्मदिनको शुभकामना दिन जाँदा होस या बिरामी भएर स्वास्थ्यलाभको कामना गर्न जाँदा होस्, आफु भन्दा वरिष्ठ नेतालाई र आफु भन्दा पहिल्यै देशको प्रधानमन्त्री भइसकेको ब्यक्तिलाई फर्काएको ओठे जवाफ र सार्वजनिक सभा सम्मेलनमा ब्यक्त ओलीका बोलीहरु सामान्य नागरिकले समेत पचाउन सक्ने खालका देखिदैनन् ।
वास्तवमा ओलीमा शिष्टता, देश र नागरिकका प्रतिको संवेदनशिलता भन्ने भाव कहीँ कतै पनि झल्किदैन् । रुखो र खश्रो शब्द चयन अनि गोठाले बोलीका कारण नेपालकै इतिहासमा प्रधानमन्त्री जस्तो गरिमामय पदको चरम अवमुल्यन भएको आम नेपाली नागरिकहरुको धारणा रहेको छ । सरकारले गरेका राम्रा कामको प्रचार प्रसारमा लाग्नुु पर्ने वर्तमान अवस्थामा दलका नेता तथा कार्यकर्ताहरु समेत व्यक्तिगत स्वार्थका लागि ओलीको भजनभक्ति गाउन थालेपछि सिंगो नेकपा, सरकार र सरकारी निकायहरु अहिले निकम्मा झै भएका देखिन्छन् । ओलीको भजन गाउनेहरु असल नेकपा र सरकारका गलत रबैयाको बिरोध गर्नेहरु खराव नेकपाको ट्याग लागेको बर्तमान अवस्थामा डा. भीम रावल, डा.सुरेन्द्र के.सी., घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु अझै पनि ओझेलमै परिरहने अवस्था ज्यूँ का त्यूँ देखिन्छ ।
देश बदल्न सिस्टम बदल्नु पर्छ । पुराना र खराव सोच बदल्नु पर्छ । कार्यशैली र कार्यतालिका बदल्नु पर्छ । पुराना औजार र उपकरण बदल्नु पर्छ । तर बर्तमान सरकारका प्रधानमन्त्रीमा न त सिस्टम बदल्ने सोच छ, न त कार्यशैली र कार्यतालिका बदल्ने योजना नै । छ त केबल आफु ईतरका आफ्नै कार्यकर्ताको मान मर्दन र भ्रष्टाचारी नेताको संरक्षण गर्ने ध्याउन्न मात्र । यही कारण ओली युग भनेर जनताले गीत गाएको स्वर बिलिन हुन नपाउँदै ओलीको अधोगति शुरु हुन थालेको छ ।
ओली आफ्नै कारणले पतनको बाटोमा अग्रसर भैरहेका छन् । बिगतका कार्यहरु हेर्दा राष्ट्रघाती सन्धि र संझौता गरेर अकुत सम्पत्ति बटुल्ने ओली रातारात कसरी राष्ट्रबादी भए ? देशको राष्ट्रियता नै जाकटीमा राख्ने ओली भारतकै खर्चमा भारतकै बोक्रे बिरोध गरेर फोश्रो राष्ट्रवादको फोहोरी पगरी गुँथ्नसम्म भ्याएका नेताका रुपमा चिनिन्छन् । देशमा ३० बर्षसम्म नदेखिएको राष्ट्रबाद भारतकै सुझाव र सम्मतीमा एकाएक प्रष्फुटन हुन थालेपछि ओलीमा पनि मोदी मेथड अफ नेशनालिटी एक्कासी मौलाएको देखिन्छ । आफ्नै दल र आफैसँग संघर्ष गरेर आएका आफ्नै समकक्षी नेताहरुलाई त भुसुना जत्ति नगन्ने ओलीले देशका तमाम जनताको बिषयमा कुनै नौलो र आशालाग्दो काम गर्लान भनेर कसरी सोच्नु ?
ब्यासाशनमा बसेर बेसार पुराण भट्याउँदै जनताका छोराछोरीलाई क्वारेन्टाईनमा पानीसम्म खान नदिई मृत्यूबरण गराउन उद्यत रहेको बर्तमान सरकार कोरोनाकै नाममा दश दश अरब ब्रम्हलुट गर्ने केपी ओली र उनका आसेपासेहरुबाट अब देशलाई उन्मुक्ति दिन आवश्यक भैसकेको छ । बिरामी मरि सकेपछि कोरोना पुष्टि गर्ने हुतिहारा सरकारलाई अझै राष्ट्रबादी सरकार भनेर जनताले कति दिन भजन गाईरहनु पर्ने हो ?
भारतले मलाई नक्सा निकालेकै भरमा प्रधानमन्त्रीबाट हटाउन लाग्यो भनेर सडकमा कोलाहल मच्याउने र झण्डै दुई तिहाई सभासद लिएर आफैलाई हटाउन आँटे भनेर रुँदै कराउँदै हिडने प्रधानमन्त्री नेपालको ईतिहासमा यो भन्दा अगाडि कहिल्यै बनेको थिएनन् । भारतलाई दोष देखाएर फोश्रो राष्ट्रबादको पगरी गुथ्नु भन्दा देश बिकासको महान अभियानमा आम नागरिकहरुलाई एकताबद्ध बनाएर लैजान सक्ने विलक्षण प्रतिभा सम्पन्न प्रधानमन्त्री अहिले देशले खोजिरहेको छ । अस्तु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार