अब पशुपतिनाथ मात्र किन लकडाउनमा ? कसको के स्वार्थ छ ?
नेपालबहस संवाददाता
असार १९, २०७७ शनिबार १:२:६
पहुँचमा नरहेका सर्वसाधारणका लागि लकडाउन सय दिन भन्दा बढी बितिसक्यो । जो पहुँचमा छन्, उनीहरुलाई लकडाउनले छुने कुरै भएन । हुन त अहिले पनि लकडाउन खुकुलो मोडलमा चलिरहेको छ ।
चैत्रको पहिलो साता फ्याट्टफुट्ट कोरोना संक्रमित देखिँदा एकैपटक दुरविनले हेर्दा कोरोनाको ताँती नै आएजस्तो ठानेर सरकार लकडाउन गर्न हतारियो, तर यतिबेला लकडाउन खुकुलो भइरहँदा भने दैनिक आधा हजारको संख्यामा कोरोना संक्रमित बढीरहेका छन् ।
यतिबेला लकडाउन खुकुलो भएसँगै सडकमा मान्छेका ताँती देखिन्छन्, होटल रेष्टुराँ पनि झण्डैझण्डै भरिभराउ नै देखिएका छन् । जोरबिजोर भनिएपनि सडकमा सवारीका साधन गुडेकै छन् । हुनेखानेहरुलाई खुकुलो चरणको लकडाउनको असर छेउ न टुप्पोको जस्तो छ । तर, हुँदा खानेहरुलाई भने सार्वजनिक यातायातका साधन नचल्दा इच्छा बमोजिमको मजदूरी गर्न समेत नपाईरहेको अवस्था छ ।
भारत सरकारले भन्दा एकदुई दिन अघि लकडाउन गरेको नेपाल सरकारले त्यसपछिका निर्णय भने भारतले के गर्छ, कसरी गर्छ त्यसैको फ्लोअप गरेको भान हुन्छ । तर, आराध्यदेव पशुपतिनाथको मन्दिर परिसर मात्र यतिबेला लकडाउनको प्रत्यक्ष असरमा समेटिएको देखिन्छ । सरकारले सामाजिक दूरी कायम गरेर विभिन्नखाले सामाजिक कार्यक्रम गर्न समेत छुट दिइसकेको अवस्थामा पनि पशुपतिनाथमा भक्तजनलाई प्रवेश निषेध गरिरहनुको अर्थ बुझिनसक्नु छ ।
विशाल क्षेत्रफल भएको पशुपतिनाथमा पूर्व र पश्चिमका प्रवेशद्धारबाट भक्तजनलाई २५-२५ जनाकै संख्यामा भएपनि दर्शन गर्ने व्यवस्था मिलाउन नचाहानुले एकातिर पशुपति क्षेत्र विकाश कोष त्यहाँनेर चुकेकै देखिन्छ भने यस विषयमा सरकारको नियत स्पष्ट नदेखिँदा कतै विदेशीको इशारामा त्यसो गरिएको त होइन ? शंका किन नगर्ने ?
विदेशीको इशारामा गणतान्त्रिक भनाउँदो संविधानमार्फत् एकमात्र हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गराउन संविधान सभाका ९५ प्रतिशत सभासद एक हुनु, देशमा क्रिश्चीयन धर्मको प्रचारप्रसारले व्यापकता पाउँदै जानु, ३-४ दिनसम्म प्रधानमन्त्रीले ३ किलोमिटर दूरीको सरकारी निवास समेत नबसेर होलीवाइनको शुद्धजलले पवित्र हुँदै क्रिश्चीयन धर्म प्रचार स्थलमा व्यस्त रहनु र अहिले हिन्दुजनको प्रमुख आस्थाको थलो पशुपतिनाथमा खुकुलो लकडाउनुको कुनै संकेत नदेखिनुले कतै यो हिन्दुधर्म माथिकै प्रहारको एउटा सांकेतिक कडी त होइन ? किन शंका नगर्ने ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार