सप्तरीमा थप नौ जनासहित संक्रमितको संख्या ३०३ पुग्यो
नेपालबहस संवाददाता
असार २०, २०७७ आइतबार १:१८:२९
◊ धीरुभाइ
२० असार, सप्तरी । आज नौ जनामा थप कोरोना संक्रमण पुष्टि भएसँगै सप्तरीमा कोरोना संक्रमतिको संख्या ३०३ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार नयाँ थपिएको संक्रमितहरु जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर १ का १८ वर्षका पुरुष, वार्ड नम्बर २ का ३२, ३६, ४० वर्षका पुरुष, वार्ड नम्बर १४ का २७, ३०, ३८ वर्षका पुरुष गरी सात जना र महदेवा गाउँपालिका वार्ड नम्बर १ का ५५ वर्ष, वार्ड नम्बर ६ का १७ वर्षका पुरुष गरी दुई जना रहेको छ ।
सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको नयाँ संक्रमितहरुको स्वाब संकलन गरी राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए ।
यसैगरी हिजो शुक्रबार साँझ दुई महिला (एक बालिका) सहित २५ जना नयाँ संक्रमित थपिएको थियो । छिन्नमस्ता गाउँपालिकामा चार, हनुमाननगर कंकालीनी नगरपालिकामा सात वर्षीया बालिकासहित नौ, डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित पाँच, खडक नगरपालिकामा पाँच, राजगढ गाउँपालिका र शम्भुनाथ नगरपालिकामा एक÷एक जना नयाँ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
उनीहरु सात वर्षमाथि देखि ५२ वर्षमुनिका रहेका छन । तीमध्ये छिन्नमस्ता गाउँपालिकाका २१, २७, ३९, ४१ वर्षका पुरुष, राजगढका ३२ वर्षका पुरुष, डाक्नेश्वरी नगरपालिकाका ७ वर्षीया बालिका, ३३, १९, ३० र उमेर नखुलेका पुरुष, खडक नगरपालिकाका ४१, २८, ३०, २८, ४१ वर्षका पुरुष, शम्भुनाथ नगरपालिकाका १८ वर्षका पुरुष र हनुमाननगर कंकालीनी नगरपालिकाका ५२, २३, २५, २०, ४२, ३०, ४३, ३६ वर्षका पुरुष र ३० वर्षकी महिला रहेका छन ।
क्वारेन्टाइनमा रहेका उनीहरुको पनि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । कोरोना पुष्टि भएका मानिसहरु क्वारेन्टाइनमै रहेको उनले राजविराज स्थित आइसोलेसन केन्द्रमा ल्याउने व्यवस्थान गरिरहेको बताए । गएरातीदेखिको मूसलधारे वर्षाले आइसोलेसनमा भर्ना गराउन नसकिएकोले चाडै ल्याउने तयारी भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्ने कांग्रेसको निर्णय
जेठ १, २०८१ मंगलबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेदरल्याण्ड्सको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन
जेठ १, २०८१ मंगलबार
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार