प्रधानमन्त्री ओली नै नेकपा फुटाउन अग्रसर
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १२:५५:२९
२१ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा पार्टी फुटाउन अग्रसर भएका छन । नेकपाका शीर्ष नेताहरुबाट पटक पटक आक्रमण भएपछि ओली नेकपा फुटाएर नयाँ पार्टी गठनमा लागेको चेतावनी मन्त्रीहरुलाई दिएका छन ।
शनिबार राती बालुवाटारमा मन्त्रिहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले मन्त्रिहरुसँग कित्ताकाट गर्न मात्रै भनेनन्, भोलिका दिनमा फेरि यसरी भेट नहुन पनि सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका छन । प्रधानमन्त्रीको योजना हेर्दा स्थायी कमिटी बैठकबाट ओलीको राजीनामा माग गर्ने निर्णय पारित गर्ने तयारी प्रचण्ड-माधव नेपाल पक्षको छ ।
जवाफमा ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेका छन । उनले यो सार सुनाउन पार्टी संकटमा परेको, एकता जोगाउन मुश्किल भएको र यस्तो बेला सरकारलाई सहयोग गर्न मन्त्रीहरुलाई आग्रह गरेका थिए ।
नेकपा फुटाउदा अहिले विपक्षमा रहेका झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम लगायतका नेताहरु नयाँ पार्टी अर्थात एमालेमा आउने ओलीको विश्वास छ । आइतबार बिहान प्रचण्ड लचिलो नभएको अवस्थामा ओलीले आइतबार वा सोमबार अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेका छन । उनले दल फुटाउन ४० प्रतिशत पनि नचाहिने व्यवस्थासहितको अध्यादेश ल्याउने समेत चेतावनी दिएका छन ।
राष्ट्रपति र आफूविरुद्ध षडयन्त्र भएकाले नयाँ कदम चाल्न आफू बाध्य हुने पनि ओलीको चेतावनी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार