हलेसीको चौतर्फी विकासका लागि कार्ययोजना
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १३:५:५८
२१ असार, खोटाङ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास समितिको अध्यक्षमा चुनिनुभएपछि बसेको विकास समितिको पहिलो बैठकले त्रिधार्मिकस्थल हलेसी गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण गर्न कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो ।
प्राकृतिक रूपमा बनेको गुफाकै कारण हलेसीले हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा प्रसिद्धि पाएकाले गुफाको भौगर्भिक अध्ययन गरी दीर्घकालीन संरक्षण योजना बनाउने निर्णय गरिएको विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताए । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध हलेसी महादेव गुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।
स्वदेश तथा विदेशका पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीमा हरेक हिउँद याममा विश्वभरका बौद्धमार्गीहरुले चाररपाँच महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । विकास समितिको बैठकले हलेसीको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वका बारेमा अनुसन्धान गरी आगामी आर्थिक वर्षभित्र त्रिधार्मिक शोधग्रन्थ तयार पारेर प्रकाशन गर्ने, किराँत धर्मको प्रतीक स्वरूप हलेसीमा चुल्हो घर स्थापना गर्न अध्ययन गरेर योजना बनाउने, भैरवगुफा क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।
यस्तै महादेवस्थानको गुफा प्रवेशद्वारमा पित्तलको घेराबारा हाल्न पुनः व्यवस्थापन गर्ने, बसाहा गुफाभित्रको पदमार्ग र ढोका व्यवस्थापन गर्ने, ककनी मन्दिर जाने पदमार्गलाई पूर्णता दिने लगायतका निर्णय गरिएको छ । बैठकमा हलेसी आसपासमा बसिरहेका विपन्न वर्गलाई सहभागी गराएर पर्यटक पथप्रदर्शक तालिम सञ्चालन गर्ने निर्णय गरिएको कार्यकारी निर्देशक भुजेलले बताए ।
समितिको बैठकमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईलगायतको उपस्थिति रहेको थियो । लामो समय नेतृत्वविहीन रहेको विकास समितिले पूर्णता पाएपछि हलेसीको चौतर्फी विकास हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर गत चैत ८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।
धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध खोटाङको हलेसी गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । हलेसी मन्दिरको मुख्य गुफाको ठीक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो ।
महादेव मन्दिर रहेको मुख्य गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा रहेको हलेसीलाई भू–बनोटको हिसाबले विश्वकै नमूना मानिन्छ । सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हलेसी त्रिधार्मिकस्थलका रूपमा विश्वभर चर्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार