कालीकोटमा पहिरो जाँदा एक महिलाको मृत्यु
नेपालबहस संवाददाता
असार २१, २०७७ आइतबार १९:३३:२८
२१ असार मान्म । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा स्थानीयवासी ३५ वर्षीया तुला बटालाको ज्यान गएको हो ।
भैँसी गोठाला जानुभएका बटालाको पहिरामा पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । “भैँसी गोठबाट पानी लिन जाँदा बीच बाटामा पहिरो खसेर महिलालाई बगाएको हो”, उनले भने, “उनको घटनास्थलमै मृत्यु भयो । प्रहरीचौकी कुमालगाउँबाट घटनास्थलमा प्रहरीको टोली पठाएर बटालाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।”
यस्तै शनिबार आएको पहिराले नरहरिनाथ गाउँपालिका–७ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । प्रनाउ ओलियाका अनुसार माल्कोटमा रहेको छकोठे वडा कार्यालयको भवन पहिराबाट पुरिएको छ । भाडामा रहेको वडा कार्यालयका साथ वडा कार्यालयमा भएका जिन्सी सामान पनि पुरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार