ब्रेकिङ : ओली प्रचण्डबीच पाँच बुँदे सहमति !
नेपालबहस संवाददाता
असार २१, २०७७ सोमबार ३:२७:२३
२१ असार, काठमाडौं । चिनियाँ राजदुतको सक्रियतामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति भएको बताइएकाे छ । नेकपाका दोस्रो तहका नेताहरुको लामो छलफल, बहस र सुझावका साथै चीनको मध्यस्ततामा ओली र प्रचण्डबीच पाँच बुँदे सहमति भएको हो ।
सहमतिअनुसार ओली प्रधानमन्त्री रहिरहने, प्रचण्ड कार्यकारी अध्यक्ष हुने, माधव नेपाल सरकार सञ्चालन संयन्त्र प्रमुख बन्ने भएका छन् । खासगरी आफूले अवसर र अधिकार नपाएको भन्दै प्रचण्ड र माधव नेपाल ओलीका विरुद्धमा लागेका थिए ।
जसलाई सहमतिको लचिलो बिन्दुका रुपमा पाँच बुँदे ‘ड्राफ्ट’ तयार भएको नेकपाका दोस्रो तहका नेताहरुले भनेका छन । जसलाई प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपालको अनुकुलमा ब्याख्या गरिएको छ ।
१. प्रचण्ड शक्तिशाली कार्यकारी अध्यक्ष : सहमतिका लागि प्रस्तावित यो बुँदालाई व्याख्या गर्दै ‘बैठक संचालन गर्न र पार्टीका अरु गतिविधि संचालन गर्न परामर्श नचाहिने, एक्लैले निर्णय गर्न सक्ने’ प्रस्ताव गरिएको छ ।
नेकपाको दोस्रो तहका नेताहरुले प्रचण्डलाई कार्यकारी अध्यक्षको पूर्ण अधिकार नदिएसम्म विवाद समाधान नहुने बताएपछि यो सहमतिको पहिलो बुँदामा प्रचण्डको चाहना पूरा हुने योजना समेटिएको हो । जसले अब प्रचण्डलाई पार्टीभित्र शक्तिशाली हुने बाटो खोल्नेछ भने ओलीको मनलाग्दी र हस्तक्षेप स्वतः अन्त्य हुनेछ ।
२. माधव नेपाल ‘सरकार संचालन संयन्त्र’ प्रमुख : सरकार सञ्चालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको संयन्त्र बनाउन प्रस्ताव गरिएको छ ।
सरकार सञ्चालनका लागि बनाइने संयन्त्रको प्रमुख माधवकुमार नेपाललाई बनाउने प्रस्ताव रहेको स्रोतको दावी छ । यसको व्याख्यामा ‘सरकारका महत्वपूर्ण काम, कारवाही, निर्णय र नियुक्तिका बारेमा संयन्त्रमा छलफल गरेपछि मात्र सरकारले निर्णय गर्ने’ उल्लेख छ ।
३. मन्त्रिमण्डल पुर्नगठन : सबै नेताको भावना सम्वोधन हुनेगरी मन्त्रिपरिषद् पुर्नगठन गरेर सरकारलाई गति दिन प्रस्ताव गरिएको छ । यसले माधव नेपाल पक्षका नेताहरुको असन्तुष्टि सम्बोधन गर्ने आशा छ ।
यसअघि मुख्यमन्त्री चुनावमा पनि मतदान हुँदा हारेका र ओली सरकारसँग असन्तुष्ट रहेका नेताहरुलाई व्यवस्थापन गर्न मन्त्रीपरिषद पुनर्गठन गरिने महत्वपूर्ण सहमति मानिएको छ ।
४. असमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने : यसअघि भएका असमान नियुक्ति खारेज गरेर पुर्ननियुक्ति गर्ने भन्ने उल्लेख छ । प्रदेशका मुख्यमन्त्री, सल्लाहकारहरु तथा अन्य सुविधाका पदमा रहेका नियुक्तिमा हेरफेर गर्ने प्रस्तावमा गरिएको छ । नेकपाले सरकारको नेतृत्व गरेका ६ मध्ये २ वटा प्रदेशको मुख्यमन्त्री हेरफेर गर्ने प्रस्ताव गरिएको छ ।
यसले ओली पक्षका तर्फबाट मुख्यमन्त्री बनेका शेरधन राई र डोरमणि पौडेलको पद धरापमा परेको छ । यसअघि पनि विवाद चर्किएका बेला यी मुख्यमन्त्री फेर्ने प्रस्ताव गरिएको थियो । प्रदेशको काम कारबाहीमा पनि राम्रो सफलता नपाएका र पार्टीभित्रै असन्तुष्टि फैलाएका नेताहरुलाई व्यवस्थापन गर्ने यो बुँदाको आशय हो ।
५. विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँड : सहमतिको पाँचौ नम्बर बुँदामा पार्टीलाई विधिसम्मत ढंगले संचालन गर्ने उल्लेख छ । यसका लागि जिम्मेवारी नपाएका नेताहरुलाई सम्मानजनक जिम्मेवारी दिने उल्लेख छ । खासगरी मुख्यमन्त्री र मन्त्रीहरुले पाएको दोहोरो जिम्मेवारी अन्त्य गरेर उनीहरुलाई एक पद दिने प्रस्तावमा उल्लेख छ ।
सत्ता संकट टार्ने, नेकपालाई फुटबाट जोगाउने !
तत्कालका लागि नेकपाको सत्ता संकट टार्ने र नेकपालाई फुटबाट जोगाउन यो सहमति प्रस्ताव गरिएको नेकपाका दोस्रो तहका नेताहरुको भनाई छ । महासचिव विष्णु पौडेल, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, जनार्दन शर्मा लगायतका नेताहरुको प्रयासमा यो सहमति प्याकेज तयार गरिएको नेकपा निकट स्रोतले जनाएको छ ।
यसअघि ओली र प्रचण्डबीच भएका दुईवटै सहमति कार्यान्वयमा प्रधानमन्त्री ओलीले चाँसो नदिएपछि अहिलेको समस्या समाधानका लागि नयाँ सहमतिको बुँदा तयार पारिएको नेताहरुको भनाई छ । यसका लागि चिनियाँ राजदुत यान्छीको भूमिका पनि महत्वपूर्ण रहेको नेकपा स्रोतको दाबी छ ।
यसअघि ओलीले नेकपा फुटाउन अध्यादेश ल्याएका बेला पनि चिनियाँ राजदुत यान्छीले नै नेकपाभित्रको आन्तरिक विवाद समाधानमा निर्णायक भूमिका निर्वाह गरेकी थिइन । नेपालको आन्तरिक राजनीतिमा यसअघि भारतले हस्तक्षेप गर्ने भएपनि पछिल्ला केही बर्ष यता चीनको प्रभाव बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार