अस्तव्यस्त सडक, दर्जनौँ बस्ती जोखिममा
नेपालबहस संवाददाता
असार २२, २०७७ सोमबार १७:२:३७
२२ असार, बमजुरा । लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो ।
साँफे मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिकरुपमा बन्द भइरहने गरेको छ भने मार्तडी कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पु¥याएको छ । बाउली खोलाले पूरै बाटोका निशाना नै मेटाएर बगर बनाएको छ भने चुथीदेखि माथिको सडकमा माथिबाट आएको पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेको सवारीसाधन अलपत्र अवस्थामा छन् ।
ट्र्याक्टर बिचमै रोकिएपछि चालकसहितसँगै लिएको सामानसमेत अस्तव्यस्त अवस्थामा रहेको छ । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँधुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ ।
यस्तै मार्तडी गौमुल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमार्डौ गुदुखातीलगायतका क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घरमाथिबाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउने बित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।
अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिकरूपमा बाटो, घर, सडक सिँचाइ कुलो भत्किएर लाखौँको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाई गोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुस्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईको भनाइ छ ।
डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे मार्तडी सडकको मार्तडी बजार क्षेत्र नजिकै पूर्णरूपमा क्षति भएको छ । पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताए ।
मुसलधारे वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गरी सबैले आ–आफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिएको छ । यस्तै मार्तडी बजार क्षेत्रभित्र दुनीहाट बजार र खेलकूद आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार