पार्टीलाई ओलीको सहारा कि ओलीलाई पार्टीको सहारा ?
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ०:६:१२
देश अवसानको बाटोमा अग्रसर भैरहेको छ । छिमेकी शक्ति राष्ट्रहरुसँग नेपालले सदियौं देखि बनाएर राखेको कुटनैतिक तथा राजनैतिक सम्बन्ध र देशको अस्तित्व समेत गुम्ने खतरा बढेर गएको छ । देशको चिन्ता भन्दा पनि छिमेकी मित्र उत्तर र दक्षिणको चिन्ताले वर्तमानका नेताहरुलाई आक्रान्त बनाएको देखिन्छ । दुवै देशसँग समदूरीको सम्बन्ध स्थापित गरेर जानुपर्ने वर्तमान अवस्थामा तल्तिर गाली गरेर मास्तिरको भक्ति गान गाउने अनि मास्तिर गाली गरेर तल्तिर भक्तिभाव प्रकट गर्ने परिपाटीको राष्ट्रियताले हाम्रा नेताहरु अचाक्ली राष्ट्रवादी बनें भन्नु आफैंमा लज्जाबोधको द्योतक हो ।
सार्वभौम देशको दुई तिहाई बहुमतको सर्वशक्तिमान प्रधानमन्त्री रे ! जे मनमा आयो त्यहि बोल्दिने ? प्रधानमन्त्री पद के खेलाची हो ? के बजारमा ओलीले बेच्न राखेको गुडिया हो कि मैले किनेको हो यो मेरै हो भन्ने । प्रधानमन्त्री पद कहिले बिद्यार्थीलाई बाँडिदिने भन्या छ, कहिले मजदुरलाई छाडिदिने भन्या छ । कहिले युवालाई जिम्मा लगाउने त कहिले तन्नेरीका काँधमा अड्याईदिने । चार दिन पनि बोलीमा अडिग हुन नसक्ने देशको अभिभावकबाट जनताले पाउने भनेकै धोका हो ।असहजता र अप्ठ्याराहरुलाई चिर्न वार्ता र छलफललाई निरन्तरता दिनु पर्ने वर्तमान समयमा देशको कार्यकारी प्रधानमन्त्रीका यस्ता बेतुकका कुराले सिंगो बहुदलिय व्यवस्थाको बेईज्जती भएको छ । सिंगो संसदीय प्रणाली धरापमा परेको छ ।
तर आफु एक्लैले पार्टी चलाएको, मेची देखि माहाकालीसम्म आफैले भोट बढाएको, मेरै कारणले पार्टीले बहुमत ल्याएको, मेरै अनुहार हेरे जनताले पार्टीको चुनाव चिन्हमा भोट लाएको भन्ने चारआने गफलाई दल भित्रका सबै नेताले सधैं मानिरहनु पर्ने अवस्था कुनै पनि दलमा रहदैन, रहनु पनि हुँदैन ।
आफ्नै पार्टीका चारजना नेतासँग फेस टु फेस वार्ता गरेर देखिएको राजनैतिक अबरोध फुकाउन नसक्ने र बैठकमै नगई भागेर कुर्सी जोगाउन उद्यत नेताले अब बाटामा ढुंगा हान्न निस्किएको, बेलुका भट्टीबाट सोमरस खाँदाखाँदै बिच्किएको, बालुवाटारमा लम्पसार परेर साष्टाङ्ग दण्डवत चढाउने, सधैं बा त १६ बर्षे झैं देखिनुहुन्छ त भनेको पत्याउने आलाकाँचा बुद्धिले देश कसरी अहिलेसम्म चलेर आयो होला ? सामान्य नागरिकले समेत अनुमान लगाउन सक्नेछन् ।
सरकार सञ्चालनका क्रममा दल भित्र केही तिक्तताहरु हुनसक्छन् । ठूलो जहानमा कहिले कसैलाई भाग कम हुन सक्छ । सबैका आँङ्गमा कपडा छ कि छैन भनेर ध्यान नपुगेको हुनसक्छ । यो बेग्लै पाटो भो । तर आफु एक्लैले पार्टी चलाएको, मेची देखि माहाकालीसम्म आफैले भोट बढाएको, मेरै कारणले पार्टीले बहुमत ल्याएको, मेरै अनुहार हेरे जनताले पार्टीको चुनाव चिन्हमा भोट लाएको भन्ने चारआने गफलाई दल भित्रका सबै नेताले सधैं मानिरहनु पर्ने अवस्था कुनै पनि दलमा रहदैन, रहनु पनि हुँदैन । भान्सा सफा गर्दा भाँडा एक आपसमा ठोक्किएर आवाज निस्कनु कुनै अचम्म लाग्ने बिषय भएन ।तर भएका भाँडाकुँडा जति आफै नै जुठेल्ना तिर मिल्काएर घरमा कोलाहल मच्चाउने अनि मेरो घरमा तल्लो घरको छिमेकीले घर भाँड्यो भनेर आरोप लगाउनु कहाँसम्मको बुद्धिमानी हो ?
यो देशमा भ्रष्टाचार गर्न तिमी नेताहरुले नै सिकाएको होईन र ? र अचाक्ली भ्रष्टाचार गर्नेमा तिमीहरुको नाम पर्दैन र ? कि गाउँमा गोरु जोत्ने र परासो(गोबर) बोक्नेले भ्रष्टाचार गरेको हो ? कि खाडीमा बेल्चा चलाउनेले गरेको हो देशमा भ्रष्टाचार र राष्ट्रिय सम्पत्तिको चरम दोहन ? यो देशका अपराधी, कालोबजारी, बलात्कारी नेताहरु सबै भ्रष्टाचारी हुन ।
पार्टी, दल, संगठन, समूहहरु मानिसहरु नै एक आपसमा आबद्ध भएर निर्माण हुने कुरा हुन । एक्लैले नत कुनै दल बन्न सक्छ, नत कुनै समूह या संगठन । बिभिन्न विचार र भावना अनि क्षमता, दक्षता र बौद्धिकता भएका व्यक्तिहरुको सामुहिक एकतामा दलहरु अगाडि बढेका हुन्छन् । म मात्रै सर्बेसर्वा हुँ भन्ने व्यक्तिवादी संकिर्ण सोच राखेर अरुलाई जहिले पनि मानमर्दन मात्रै गरिरहने हो भने त्यो पार्टी यथार्थमा जीवन्त पार्टी नै होईन ।
बितेका बर्षहरुमा हाम्रो देशको प्रधानमन्त्रीको राजनैतिक क्रियाशिलता र बिकास आयोजनाहरुमा प्रत्यक्ष संलग्नता कति रह्यो ? कति समय अस्पतालले खायो ? कति समय लकडाउनले आराम गरायो ? कति समय हावादारी गफले जग हँसायो ? कति समय भ्रष्टाचारीलाई तुलोमा जोख्दै दिन कटायो ? कति दिन बालुवाटारका सुकुम्बासीका पक्षमा बहस चलायो ? कति दिन सर्वहारा, गरिब, सुकुम्बासी नागरिकका समस्यामा आँखा पुर्यायो ? के यही नै हैन र सरकारको सफलता र असफलता नाप्ने कसीहरु ? के यही हैन र देशको जर्जर आर्थिक अवस्था र बिथोलिएको राजनैतिक परिपार्टीका बिषयमा पत्रकारले देखेको कुराहरु लेख्ने कलम र मसीहरु ?
पार्टीलाई ओलीको सहारा कि ओलीलाई पार्टीको सहारा ? सधैं अस्पताल र बालुवाटार डोर्याएरै काम चलाउनु पर्ने हो र कमरेड ? बा को आफ्नै खुट्टाले त जुत्ता छोडी सक्यो ! भ्रष्टाचार कस्ले गरो त ? कस्ले बनायो भ्रष्टाचारी ? यो देशमा भ्रष्टाचार गर्न तिमी नेताहरुले नै सिकाएको होईन र ? र अचाक्ली भ्रष्टाचार गर्नेमा तिमीहरुको नाम पर्दैन र ? कि गाउँमा गोरु जोत्ने र परासो(गोबर) बोक्नेले भ्रष्टाचार गरेको हो ? कि खाडीमा बेल्चा चलाउनेले गरेको हो देशमा भ्रष्टाचार र राष्ट्रिय सम्पत्तिको चरम दोहन ? यो देशका अपराधी, कालोबजारी, बलात्कारी नेताहरु सबै भ्रष्टाचारी हुन । कोही पनि कसै भन्दा कम छैनन् ।
के अहिले साच्चिकै प्रधानमन्त्री बचाउन सडकमा ओर्लनु परेको अवस्था हो र ? कि प्रधानमन्त्री फेर्न सडकमा ओर्लिएका हुन ? बन्दाबन्दी लगाउने नि सरकार । त्यो नियम नमान्ने नि सरकारकै कार्यकर्ता । महाकाली सन्धि गर्ने नि नेकपाको ओली गुट । अहिले पुरानो भारतीय दलाल र नयाँ राष्ट्रवादी उत्पादनमा कुनै तात्विक फरक देखिदैन । अहिले देखिएको नेकपाको एक आपसको दोषारोपणको दोहोरी कुर्सीको मिलेमतोमा निकट भविष्यमै टुंगिनेछ । नेकपाका नेताहरु निश्चिति रुपमा एक दुई दिनमा फेरी संयोजन र एकताको खिचडी त पाक्ने नै छ । किनकी खानु छ देशलाई अनि जन्माउनु छ गोकुल र ओम्नी हरु । निल्नु छ देशलाई कोरोना र सलहको बिपद देखाएर । वास्तवमा अहिले नेपाली जनताको जनमतको राम्रो सम्मान भएको छ । राम्रो उपयोग भएको छ । नेपाली जनतालाई यो भन्दा बढी के नै पो चाहिएको छ ।
दानवीय स्वभावका मानव स्वरुपहरुबाट यो भन्दा बढी हामीले के नै पो आशा गर्न सकिन्छ र ? देश र जनताका बिषयहरुले यस्ता अमानवहरुबाट कहिल्यै सकारात्मक परिवर्तन ल्याउने कल्पना गर्न सकिदैन । बिगत यसरी नै बिते अब आगामी दिनहरु पनि यसरी नै बित्नेछन् । यिनीहरु सत्ता र कुर्सीका लागि यसरी नै तान्डव देखाईरहने छन् । फोश्रो राष्ट्रवादको नारा उचालेर हामीलाई यसरी नै भुलाईरहने छन् । हामी नेपाली यिनीहरुलाई नै जदौ गरेर यिनकै अघिपछि लागि रहने छौ ।
जय स्वाभिमान !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
संसदको घटनाक्रमबारे छलफल गर्न बोलाइएको कांग्रेस संसदीय दलको बैठक स्थगित
बैशाख ३१, २०८१ सोमबार
त्रिभुवन विमानस्थबाट भन्सार चेक भैसकेपछि समातियो ५ केजी सुन
बैशाख ३१, २०८१ सोमबार
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
बैशाख ३१, २०८१ सोमबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार