‘कोरोना प्रभावितलाई दुव्र्यवहार नगरौँ’
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार १९:३३:१३
२३ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ बाट प्रभावित भई क्वारेन्टिन, आइसोलेसनमा बसेका वा डिस्चार्ज भई घर गएका व्यक्तिलाई दुव्र्यवहार नगर्न अनुरोध गरेको छ । पछिल्लोपटक क्वारेन्टिन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरेका खबर सार्वजनिक भएपछि प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।
“घरपरिवारका सदस्य, छिमेकी वा अन्य व्यक्तिहरुले होच्याउने, अपमानित गर्ने, घृणा गर्ने, दुव्र्यवहार गर्नेजस्ता अमानवीय कार्य सामाजिक सद्भाव, शान्ति र कानून विपरीत भएको अवगत नै छ”, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता दण्डनीय कार्य गर्नेविरुद्ध गाउँ÷नगरपालिका, प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सूचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्न सहयोगको अपेक्षा गर्दछौँ ।”
प्रशासनले कानून विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम गरिने चेतावनी दिएको छ । समाजले होच्याउने वा अपमानजनक व्यवहार गर्ने हुँदा कतिपय व्यक्ति कोरोना भाइरस परीक्षण गराउन तयार नहुने समस्या देखिएपछि प्रशासनले दुव्र्यवहार गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने
बैशाख २३, २०८१ आइतबार
मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार