ओली प्रचण्डको चोचोमोचो नेपाललाई अस्वीकार्य
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २१:३९:१४
२३ असार, काठमाडौं । अब नेकपा भित्रको विवादले कसरी निकास पाउला त ? यो प्रश्नको उत्तर स्वयं केपी ओली र पुुष्पकमल दाहाल प्रचण्डले समेत दिन नसक्ने अवस्था छ । असार २० गतेबाट जारी स्थायी कमिटी बैठकमा अधिकांशले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि राजनीतिले कोल्टे फेरेको छ ।
पार्टीका हरेक संरचनामा घोर अल्पमतमा रहेका ओली राजीनामा माग भएपछि अझै आक्रामक रुपमा प्रस्तुुत भएका छन् । राजीनामा माग्ने हो भने म पनि सामना गर्न तयार छुु भन्दै ओलीले फायरिङ खोले लगत्तै स्थायी कमिटी बैठक लतारिएको छ । ओलीले साँच्चै नै पार्टी विभाजन पो गर्ने हुन् की भन्ने भय असन्तुुष्ट नेतामा अझै व्याप्त भएको छ । त्यसैले स्थायी कमिटी नै अनिर्णयको बन्दी भएको छ ।
स्थायी कमिटी बैठक पटक पटक स्थगित गरी निकास खोज्न ओलीसँग वार्ता गर्न अग्रसर भएका अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नयाँ ढंंगले वार्ता चलाएपछि असन्तुुष्टहरु नै अन्यौलग्रस्त भएका हुन् । ओली र प्रचण्डबीच भएको श्रृंखलाबद्ध छलफलको अजेण्डा नै अर्काेतर्फ बढेको बुझाई माधव नेपाल पक्षलाई भएको छ । ओलीसँग आलोपालो प्रधानमन्त्री हुने पूर्वसहमति नै कार्यान्वयन गर्न प्रचण्डले जोड दिन थालेपछि नेपाल पक्ष सशंकित भएको हो ।
यद्यपि ओली र प्रचण्ड अहिलेसम्म कुुनै निश्कर्षमा पुुगिसकेका भने छैनन् । तर ओलीले हाललाई दुुवै पद नछाड्ने तर उपयुुक्त समयमा अध्यक्ष पद भने त्याग्ने सहमति हुुने सम्भावना बढी रहेको स्रोतले बताएको छ । अब प्रचण्डलाई कार्यकारी अध्यक्षका रुपमा काम गर्न लिखित रुपमै पत्र दिइने र पाँच वर्ष ओलीले सरकार चलाउने शर्तमा सहमति बन्ने सम्भावना रहेको स्रोतको भनाई छ । पार्टी अध्यक्ष त्याग्न ओली तयार भएपनि अहिल्यै त्यसो गर्दा आफ्नो अपमान हुुने भन्दै केही समयपछि मात्र कार्यान्वयन गर्ने पक्षमा छन् । तर ओलीले अध्यक्ष त्यागेपछि एकजना मात्र अध्यक्ष रहने गरी विधानमा व्यवस्था गरिने संभावना रहेको छ ।
दुुई अध्यक्षबीचको वार्ता त्यही दिशामा अग्रसर भएको छ – वार्तामा सहभागी प्रचण्ड पक्षीय एक नेताले बताए । तर उक्त निर्णय गर्नेबेला माधव नेपाललाईसमेत सहभागी गराइने छ – उनले भने । ओली र प्रचण्डको फेरि पनि चोचोमोचो मिलेको सन्देश प्राप्त गरेका नेपाल भने त्यसमा कुुनै पनि हालतमा सहमत हुन नसक्ने पक्षमा अडिग छन् ।
नेपाल पक्षीय एक केन्द्रीय सदस्यका अनुुसार, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएसम्म कुुनै सहमति हुन सक्दैन ।सरकारमा बस्न दिने हो भने ओलीले विरोधीहरुलाई विभिन्न झुुठ्ठा केसमा फसाएर थुुन्ने तयारी गरेका छन्, त्यसैले प्रधानमन्त्री पदबाट जसरी भएपनि ओलीलाई बर्खास्त गर्नुपर्ने नेता नेपालको अडान रहेको छ– उनले भने । ओली र प्रचण्डले फेरि आपूm अनुकुल हुुने गरी सम्झौता गरे भने नेपाल पक्षलाई मान्य नहुुने उनको भनाई थियो । कदाचित त्यस्तो अवस्था आयो भने कसरी अगाडि बढ्ने भनेर सोचिने छ भन्दै ती केन्द्रीय सदस्यले अब चाहिं ओलीबारे वार कि पार नगर्ने हो भने समस्या अझै भयाभह हुुने चेतावनी दिए ।
चिनियाँ राजदूत होउ यान्छीको पछिल्लो दौडधूप पनि प्रचण्डलाई बलियो बनाउने उद्देश्यले भइरहेको बुुझाई नेपाल पक्षको रहेको छ । माधव कम्रेड र जेएन कम्रेडलाई भेटेर यान्छीले त्यही आशयको कुुरा झिकेको पनि उनले जानकारी दिए ।नेकपाको राजनीतिक भविष्य कस्तो बनाउने भन्ने जिम्मा पार्टीका जिम्मेवार नेताहरुले गर्ने भन्दै उनले अब ओलीको सरकार बोकेर हिंड्नु भनेको मरेको सिनो बोक्नुजस्तै हो – उनले भने ।
ओलीलाई पार्टी र सरकार दुुवै मोर्चाबाट विश्राम दिनै पर्छ भन्ने एक सूूत्रीय अभियान नेपाल पक्षको रहेको छ । त्यसैले ओली र प्रचण्डबीच कुुनै समझदारी बनिहाल्यो भने पनि पार्टी एकता कायमै रहने कुुरामा ढुुक्क हुुने अवस्था देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार