सुदूरपश्चिममा कोरोनाको सङ्क्रमित चार हजार पुग्याे
नेपालबहस संवाददाता
असार २५, २०७७ बिहिबार १९:५२:३२
२५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ६७ जनमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा कूल सङ्क्रमित तीन हजार ७१७ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लाका गरी थप ६७ जनामा कोरोना भइरसको सङ्क्रमण भएको पुष्टि भएको बताए ।
प्रदेशको राजधानी जिल्ला कैलालीमा सबैभन्दा बढी ९८६ सङ्क्रमित पुगेका छन् । योसँगै कैलाली जिल्ला देशभरमै सम्भतः सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाका रूपमा देखिएको छ । यसैगरी बुधबारसम्म कञ्चनपुरमा ४४०, डोटीमा ५३३, डडेलधुरामा २६९, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३, अछाममा ५८७ र दार्चुलामा १८ सङ्क्रमित पुगेका छन् । बुधबार मात्रै अछामबाट ५५ डिस्चार्ज भई घर फर्किएका छन् । यो समेत गरेर प्रदेशमा हालसम्म ९९३ डिस्चार्ज भई घर फर्किसकेका छन् ।
कोभिड–१९को सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म सात जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनयता प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक घट्दै गएको देखिएको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार असार १९ गते सबैभन्दा बढी ४८४ जनामा र असार १८ गते ३३३ जनामा सङ्क्रमण देखिएको पुष्टि भएकामा त्यसयताका दिनमा सङ्क्रमित फेला पर्ने सङ्ख्या घट्दै गएको छ ।
जबकि असार २० देखि २४ गतेसम्मको चार दिनको अवधिमा जम्मा ३०४ मा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका युवायुवती एक हजार २६९ पुगेका छन् । यस्तै नौ वर्षसम्मका १६९ बालबालिक सङ्क्रमित भएका छन् ।
यद्यपि कोरोना सङ्क्रमणको जोखिम अझै यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच सङ्क्रमित फेला परेकामा त्यसपछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर देखिएको थियो ।
हालसम्म पीसीआर पद्धतिबाट २४ हजार ८८४ को स्वाबको नमूना जाँच भइसकेकामा एक हजार २०३ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १७ हजार १६८ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल र भीडभाड बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थनगर सिटी अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा
बैशाख २६, २०८१ बुधबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार