टेलिकमबाट उच्च गुणस्तरको एफटिटिएच सेवा शुरु
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार २:३६:३४
डोटी । नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम ‘एफटिटिएच’ सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौंमा मात्रै सञ्चालन गरिएको थियो ।
टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले आज पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरस्थित कार्यालयमा एफटिटिएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई केन्द्रमा फोन गरेर सो सेवाको शुभारम्भ गरे ।
टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । सोअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबिपिएसको प्याकमा रु आठ हजार शुल्क लाग्ने भएको छ ।
हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर ‘सीपीई’ र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने योजना रहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । उनले भने, “ यो इन्टरनेट अरु सेवाभन्दा राम्रो र छिटो भएकाले सबैले यो प्रविधि जडान गर्न आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार