सहकारीमा ‘एटिएम’ सेवा शुरु
नेपालबहस संवाददाता
असार २८, २०७७ आइतबार १५:१:५८
बागलुङ । सदरमुकामस्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘एटिएम’ सेवा शुरु गरेको छ । एटिएम सेवा शुभारम्भवका अवसरमा शनिबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सहकारीका सेवा प्रविधिमैत्री बन्दै गएकामा खुसी व्यक्त गरे । शेयर सदस्यका लागि छरितो र सहजरूपमा कारोबार गर्न ‘एटिएम’ उपयोगी हुने उनको भनाइ थियो ।
जिल्ला सहकारी सङ्घ बागलुङका अध्यक्ष दीपक गौतमले सिवाइसीले प्रविधिको उपयोग गरेर सहकारी अभियानलाई गति दिएको उल्लेख गरे। “यो अन्य सहकारीका लागि पनि सिकाइ र मार्गदर्शन बन्न सक्छ”, उनले भने । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’ले शेयर सदस्यका लागि वित्तीय साक्षरताको खाँचो औँल्याए । सिवाइसीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले स्तरीय र प्रविधियुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताउनुभयो । समयको आवश्यकताअनुसार सहकारीका सेवालाई प्रविधिमैत्री बनाइएको उनको भनाइ थियो ।
“सरकारले पनि नगदरहित कारोबारमा जोड दिइरहेको छ”, अध्यक्ष पौडेलले भने, “सहकारीका सेवालाई पनि प्रविधिको प्रयोगबाट स्तरीय बनाउनुपर्छ ।” सहकारीले मोबाइल बैंकिङ, ‘क्यूआर कोड’ लगायतका सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा मिस्डकल सेवा, डिजिटल सर्भेजस्ता प्रविधिलाई प्रयोगमा ल्याइने सहकारीले जनाएको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले देशका जुनसुकै ठाउँबाट ‘एटिएम’ सेवा लिन सकिने बताए । हालसम्म २५१ शेयर सदस्यले एटिएम कार्ड बनाइसकेको उनको भनाइ छ ।
उक्त सहकारीमा १० हजार शेयर सदस्य छन् । अर्को आवभित्रमा थप २६ वटा सहकारीसँग एकीकरण गर्ने तयारी भइरहेको अध्यक्ष पौडेलले बताए। आगामी पाँच वर्षभित्रमा ५० हजार शेयर सदस्य पु¥याउने लक्ष्य सहकारीको छ । यस्तै १०० सेवा केन्द्र स्थापना गरी दुई हजार ५०० शेयर सदस्यलाई उद्यममा जोड्ने योजना छ । सहकारीले कर्जाको ब्याजलाई घटाएर एक अङ्कमा पु¥याउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार