६ निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १७:९:४५
काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउन सरकारले ६ वटा निजी प्रयोगशालालाई जाँच गर्ने अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको हो ।
सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरको सेन्ट्रल डाईग्नोस्टिक ल्याव सीडीएल र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएका छन । यी सबै काठमाडौं उपत्यकाका हुन ।
उपत्यकाबाहिर भने बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले परीक्षण गर्ने अनुमति पाएका छन् ।
कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । अब निजीलाई पनि परीक्षण गर्न लगाएर कोरोना परीक्षणको दायरा बढाउने सरकारको उद्धेश्य छ । नेपालमा अहिलेसम्म साढे १६ हजार जनामा कोरोना पुष्टि भएको छ ।
तर पछिल्लो समय संक्रमितको संख्या घट्दै जान थालेपछि परीक्षणको दायरा थप बढाउने सरकारको तयारी हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार