बिहानैदेखि बर्षा, खोला र नदीमा बाढीको सम्भावना
नेपालबहस संवाददाता
असार ३०, २०७७ मंगलबार १५:१३:१२
काठमाडौं । आज पनि बिहानैदेखि देशका विभिन्न ठाउँमा बर्षा भइरहेको छ । देशका धेरै ठाउँमा आंशिकदेखि सामान्य बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि मध्यम वर्षा भईरहेको छ ।
आज दिउँसो केही ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ । प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भारी वर्षा हुने भएकाले साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
साना खोला खहरेमा आकश्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश ५ को मध्यपहाडी, चुरे र तराईबाट बहने ससाना खोलामा बहाव उच्च हुने सम्भावना छ ।
कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।
बर्षाको समय खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
भोली मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
बैशाख १४, २०८१ शुक्रबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार