१० किमीका सात सडक कालोपत्रका लागी ६८ करोड
नेपालबहस संवाददाता
साउन २, २०७७ शनिबार १:३०:५३
२ साउन, गोदावरी । कैलालीका दुई वटा नगरपालिकामा एशियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालन भएको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ ।
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले धनगढी उपमहानगरपालिकामा १० र गोदावरी नगरपालिकामा १६ गरी २६ किलोमिटर सडक कालोपत्र गर्नका लागि सम्झौता गरिएको हो । धनगढीले बजार क्षेत्रका १० किलोमिटरका सात वटा सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको सो एकाइले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चितवनको कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको आयोजना कार्यान्वयन एकाइका व्यवस्थापक परिचित कडरियाले बताए ।
उनका अनुसार धनगढीमा पहिलो चरणअन्तर्गत १० किमीका सात वटा सडक रु ६८ करोड पाँच लाख ९८ हजारमा निर्माण गर्ने गरी सम्झौता भएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्म एक दशमलव ३८ किमी, गुल्म–चर्च सडक दुई दशमलव सात किमीको, जाखोर ताल सडक ७०० मिटर, क्याम्पस गेट–चटकपुर सडक तीन दशमलव ६५ किमी, धनगढी–खुटिया–स्याउले सडक ८७० मिटर, मालपोत सडक ४३० मिटरको र हसनपुर सडक एक दशमलव १५ किमीको कालोपत्र गरिने जनाइएको छ ।
एकाइका अनुसार धनगढी उपमहानगरपालिकामा २३ वटा सडक कालोपत्र गर्ने योजना रहेकामा पहिलो चरणमा सात सडक मात्र कालोपत्र हुनेछ । कैलालीको गोदावरीमा लागू भएको आयोजनाअन्तर्गत ४८ करोड बढी लागतमा निर्माण हुने १६ किमी सडक दुई वर्षभित्र कालोपत्र गर्न शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ र कालिका कन्सट्रक्सनबीच ठेक्का सम्झौता भएको छ ।
सम्झौताअनुसार गेटा आँखा अस्पताल–लालपुर, गेटा आँखा अस्पताल–जोनापुर सडक, लालपुर–गौडी सडक, कत्था फ्याक्ट्री सडक, अत्तरिया–नमस्ते होटेल जाने सडक, चौकीडाँडा–चाक्ले खोला सडक कालोपत्र हुनेछ । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त, शुक्लाफाँटा नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना लागू भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार