राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश !
नेपालबहस संवाददाता
साउन ७, २०७७ बुधबार २३:१:२८
◊ धीरुभाइ
७ साउन, सप्तरी । जिल्ला सुरक्षा समिति सप्तरीले कोरोना भाइरस (कोभिड १९) संक्रमण तीब्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । भोली बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी अर्को आदेश नहुन्जेलसम्म नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकेर निषेधज्ञा आदेश जारी गरिने निर्णय भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।
समितिको बुधबार बसेको बैठकले राजविराज नगरपालिकामा समुदाय स्तरमा संक्रमण फैलिन नदिन नगर क्षेत्रभरी सो आदेश जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जयकुमार घिमिरेले बताए । निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पुर्ण जावतजावत, सवारी साधन, पसल बन्द रहने उनले जानकारी दिए ।
गत १ राजविराज ६ निवासी ७३ वर्षीय एक प्रतिष्ठित व्यापारीको संक्रमणबार मृत्यु भएको थियो । उनकै सिधा सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासतिह अन्य मानिस, ती मानिसका पारिवारिक सदस्य, छरछिमेकमा संक्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिने निर्णय भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार