माधव नेपाल र बामदेवबीच गोप्य भेटवार्ता
नेपालबहस संवाददाता
साउन ८, २०७७ शुक्रबार ३:५५:६
८ साउन, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमबीच ‘गोप्य’ भेटवार्ता भएको छ । काठमाडौँको नागपोखरीस्थित ‘इमा गो डे क्याफे’मा बिहीबार दिउँसो भएको गोप्य भेटवार्तामा सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद समाधानका विषयमा छलफल भएको स्रोतले बताएको छ ।
अहिले नेकपाभित्र अध्यक्षद्धय ओली र प्रचण्डबीच हप्तौ वार्ता भएपनि टुंगोमा पुग्न सकेको छैन् । यद्दपि उनीहरु बीच कुनै गोप्य सहमति भएको आशंका माधव नेपाल समुहको छ । दुई नेताबीच भएको सहमति सार्वजनिक नभएपछि अनेकन आशंका उब्जिएका छन् र नेकपाका अरु नेताहरु पनि असन्तुष्ट छन् ।
पछिल्लो समय ओली र प्रचण्डबीच गोप्य सहमति भएको भनिएपछि नेकपाभित्र अर्को तरंग उत्पन्न भएको हाे । खासगरी प्रचण्डलाई आगामी महाधिवेशनबाट एकल अध्यक्ष बनाउन ओलीले सहयोग गर्ने गोप्य प्रस्ताव बाहिरिएपछि नेकपाभित्र प्रचण्डबाट वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु झस्किएका छन् ।
ओली र प्रचण्डले समेत आफूलाई धोका दिने स्पष्ट संकेत पाएपछि माधव नेपाल र बामदेवबीच गोप्य भेटवार्ता भएको आंकलन गरिएको छ । प्रचण्ड र ओलीबीच महिनौ छलफल तथा वार्ता हुँदा पनि सहमति हुन नसकेका बेला नेकपाका प्रभावशाली नेताबीचको ‘गोप्य’ भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
ओली–प्रचण्डको चोचोमोचोविरुद्ध !
केही दिनअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई आगामी महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । अहिले आफूलाई सहयोग गरेको खण्डमा मंसिरमै महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाईदिने ओलीको प्रस्ताव थियो ।
तर प्रचण्डले सो प्रस्ताव सजिलै पत्याएनन् । पछि ओलीले शीतलनिवासमा लगेर राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र जनार्दन शर्मालाई समेत साक्षी राखेर प्रचण्डलाई आगामी महाधिवेशनबाट एकल अध्यक्ष बन्न सहयोग गर्ने प्रस्ताव गरे । राष्ट्रपतिलाई नै साक्षी राखेपछि प्रचण्डले पनि ओलीको प्रस्तावमा समर्थन जनाएको नेताहरुको भनाई छ ।
तर शीतलनिवासमा गोप्य भनिएको सहमति सोही साँझ सञ्चारमाध्यममार्फत बाहिरिएपछि नेकपा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र बामदेव गौतम लगायका नेतारु प्रचण्डसँग रुष्ट बने । ओलीविरुद्ध सबै नेता लागेपनि सहमति गर्दा प्रचण्ड एक्लैले गर्ने र फाइदा पनि आफै मात्रै लिने गरेको भन्दै नेपाल लगायतका नेताहरु उनीसँग असन्तुष्ट थिए ।
भोलिपल्ट अध्यक्ष प्रचण्डले खुमलटारमा भेला नै गरेर ओलीले गरेको प्रस्तावबारे ‘बिफ्रिङ’ गरे । खासगरी ओली र प्रचण्डबीचको ‘चोचोमोचो’ मन नपराएका माधव नेपालले खुमलटार भेलामा प्रचण्डको रवैयाबारे स्पष्ट रुपमा असन्तुष्टि जनाए । आफूहरुसँग छलफल, रणनीति बनाउने तर सहमति गर्दा एक्लै गर्ने र हामीलाई बेवास्ता गर्ने भन्दै माधव नेपाल प्रचण्डसँग रिसाएका थिए ।
जवाफमा प्रचण्डले आफूलाई झुक्याएर शीतलनिवास लगेर परिबन्दमा पारिएको बताए । एक किसिमले प्रचण्डले माधव नेपाल लगायतका नेताहरुसँग झुट नै बोले । सो झुटपछि प्रचण्डसँग पूर्वमाओवादी नेताहरु समेत रुष्ट बनेका छन् । शीतलनिवासमा ओली र प्रचण्डबीचको सहमतिको साक्षी बनेका जनार्दन शर्मा पनि हिजोआज प्रचण्डसँग रुष्ट छन् ।
स्थायी कमिटीका नेताहरु समेत सहभागी खुमलटार भेलामा बामदेव भने गएका थिएनन् । बामदेवसँगै गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएनन् । जुन कुराले प्रचण्ड गुटमा पनि शंका उत्पन्न हुनुका साथै नेताहरुबीचमा एकअर्काप्रति भरोसा टुटेको छ ।
यसका साथै प्रधानमन्त्री ओलीले प्रचण्डलाई मदन भण्डारीले सम्पादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ स्वीकार गरेर प्रवक्ता बन्न र अहिले आफूलाई सहयोग गर्न प्रस्ताव पनि गरेका थिए । जसमा प्रचण्डको धेरैथोरै समर्थन रहेको पनि नेताहरुको भनाई छ । आगामी महाधिवेशनबाट जसरी पनि अध्यक्ष बन्ने दाउमा प्रचण्ड छन् ।
ओलीसँगको त्यो गोप्य सहमतिपछि प्रचण्डसँग माधव नेपाल र बामदेव बढी नै झस्किएका छन् । पछिल्लो समय ओलीप्रति नरम हुदै गएका बामदेवले केही मिडियामा आफूले प्रधानमन्त्रीको राजीनामा नमागेको समेत बताउने गरेका छन् । ओलीप्रति नरम हुदै गएका बामदेव र यसपटक प्रचण्डसँग पनि झस्किएका माधव नेपालबीच बिहीबार खास छलफल भएको अनुमान छ । जसले नेकपाभित्रको अहिलेको समीकरण फेरिन सक्ने सम्भावना छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
नदीहरूमा जलमार्ग बनाएर पानीजहाज चलाइने, कोरिडोर निर्माणमा विशेष ध्यान दिने
जेठ १, २०८१ मंगलबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार